सुपर मादी हाइड्रोपावर लिमिटेडले ५ प्रतिशत बोनस सेयरसहित नगद लाभांश दिने

सुपर मादी हाइड्रोपावर लिमिटेडले आफ्ना सेयरधनीलाई ५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने भएको छ । बिहीबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको जनाएको छ ।

आर्थिक वर्ष २०८१/८२ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब २० करोड ५० लाख रुपैयाँको ५ प्रतिशतका दरले हुन आउने ११ करोड २ लाख ५० हजार रुपैयाँ बराबरका ११ लाख २ हजार ५०० कित्ता सेयर वितरण गर्ने निर्णय भएको कम्पनीले उल्लेख गरेको छ ।

उक्त बोनस सेयरको लाभांश कर प्रयोजनका लागि कम्पनीले हाल कायम चुक्ता पुँजीको ०.२६४२ प्रतिशतले हुन आउने ५८ लाख २ हजार ६३२ रुपैयाँ नगद लाभांश समेत वितरण गर्ने जनाएको छ । यसरी बोनस सेयर र नगद लाभांश गरी कुल ११ करोड ६० लाख ५२ हजार ६३२ रुपैयाँ बराबरको लाभांश वितरण गर्न लागेको हो ।

उक्त लाभांश आगामी पुष ४ गते हुने कम्पनीको १६औँ साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा लगिने जनाइएको छ । अघिल्लो आर्थिक वर्षमा पनि कम्पनीले आफ्ना सेयरधनीलाई ५ प्रतिशत नै बोनस सेयर वितरण गरेको थियो । कम्पनीले कास्कीको मादी गाउँपालिकामा सुपर मादी जलविद्युत् केन्द्र सञ्चालन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

सार्वजनिक संरचनाका कारण हानि-नोक्सानी भए क्षतिपूर्ति दिलाउन सर्वोच्चको आदेश

नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रमलाई विशेष प्राथमिकता

विश्वकपलक्षित नेपाल टेलिकमको विशेष प्याकेज सार्वजनिक

औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव

प्रदेश सरकारको बजेट २ खर्ब ५४ अर्ब

छुटाउनुभयो कि ?