इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

समाचार सारांश
Auto Generated by AI
  • सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना सुनाइएको छ।
  • काठमाडौँ जिल्ला अदालतले यसअघि नै दोषी ठहरिएका अन्य १५ जनालाई पनि फरक फरक सजाय तोकेको छ।
  • ठगी मुद्दामा संलग्न रहेका प्रतिवादीहरूलाई कसुरको मात्रा अनुसार कैद र जरिबानाको फैसला गरिएको हो।

सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना तोकिएको छ।

जिल्ला अदालत, काठमाडौँका न्यायाधीश कृतबहादुर बोहराको इजलासले ठगीसम्बन्धी कसुरमा बिहीबार सजाय निर्धारण गरेको हो।

सो मुद्दामा भदौ ११ गते तामाङसहित १६ जनालाई दोषी ठहर गरिएको थियो।

प्रतिवादी तामाङसँगै दुर्गाबहादुर संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविणप्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, हरिहरप्रसाद लामिछाने, मुकुन्दप्रसाद नेउपाने, दानहिरा तुलाधर, नगेन्द्र बिमली, रामराज मास्के, हरिप्रसाद रिसाल, सिर्जना शाक्य तामाङ, लालकाजी गुरुङ र मिना गुरुङलाई कसुरदार ठहर गरेको थियो।

दुर्गाबहादुर संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविणप्रसाद प्रधान, नगेन्द्र बिमली, मुकुन्दप्रसाद नेउपाने, रामराज मास्के र हरिप्रसाद रिसाललाई ६ महिना कैद ५ हजार जरिबाना तोकिएको छ।

त्यस्तै रामकृष्ण पौडेल, हरिहरप्रसाद लामिछाने, दानहिरा तुलाधर, सिर्जना शाक्य र लालकाजी गुरुङलाई एक वर्ष कैद र १० हजार जरिबाना तोकिएको छ।

केशवलाल श्रेष्ठलाई ५ वर्ष कैद र ४५ हजार जरिबाना, मीना गुरुङलाई ५ महिना कैद र ४ हजार जरिबाना तोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

जीडब्ल्यूएमका विद्युतीय सवारीसाधन (ईभी) प्रति ग्राहकको आकर्षण

‘लस एन्ड ड्यामेज कोष’ ले नेपाललाई जवाफ दिँदै भन्यो– ‘जतिसक्दो चाँडो सहयोग गछौँ’

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

बाढीपछिको पुनर्निर्माण गर्न ७ खर्ब २३ अर्ब बढी लाग्ने आकलन

बाढीबाट भएको क्षतिको यथार्थ मूल्यांकन गर्न अर्थमन्त्रीको निर्देशन

छुटाउनुभयो कि ?