भोटेकोसी बाढीमा ११ जलविद्युत् आयोजनामा कार्यरत ९३४ जना सम्पर्कविहीन

समाचार सारांश
Auto Generated by AI
  • भोटेकोसीको बाढीले रसुवा र नुवाकोटका १३ जलविद्युत आयोजनामा क्षति पुर्‍याएको छ।
  • यी आयोजनामा कार्यरत ९३४ जना कामदार हाल सम्पर्कविहीन अवस्थामा छन्।
  • माथिल्लो त्रिशूली-१ का २५४ जनाको उद्धार गरिएको र अन्यको खोजी भइरहेको छ।

भोटेकोसीमा आएको बाढीले क्षति पुर्‍याउँदा रसुवा र नुवाकोटका ११ जलविद्युत् आयोजनाका ९३४ जना सम्पर्कविहीन भएका छन्।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) सम्पर्कविहीन भएका व्यक्ति र क्षतिग्रस्त जलविद्युत आयोजनाबारे जानकारी दिएको हो। इप्पानका अनुसार, बाढीबाट रसुवा र नुवाकोटका १३ जनलविद्युत आयोजनामा क्षति पुगेको छ।

त्यसमध्ये ११ जलविद्युत् आयोजनाका कार्यरत ९३४ जना सम्पर्कविहीन बनेका हुन्। सबैभन्दा बढी रसुवाको माथिल्लो त्रिशूली-१ मा कार्यरत ५७६ जना सम्पर्कविहीन रहेको इप्पानले जनाएको छ।

त्यस्तै, रसुवाको रसुवागढी जलविद्युत् आयोजनाका ९३, रसवा-भोटेकोसी आयोजनाका चार, लाङटाङ खोला जलविद्युत आयोजनाका ४२, चिलिमे जलविद्युत् आयोजनाका आठ र मेलुङ खोला जलविद्युत् आयोजनाका सात जना सम्पर्कविहीन भएका छन्।

नुवाकोटमा सञ्चालन र निर्माणाधीन ६ जलविद्युत् आयोजनामध्ये पाँच आयोजनामा कार्यरत २०४ जना सम्पर्कविहीन बनेका छन्। इप्पानका अनुसार, नुवाकोटको त्रिशूली जलविद्युत् आयोजनाका एक, देवीघाट जलविद्युत् आयोजनाका एक, माथिल्लो त्रिशूली-३ ‘ए’का ४२, माथिल्लो त्रिशूली-३ ‘बी’का १५८ र मिडल त्रिशूली गंगा आयोजनाका दुई जना सम्पर्कविहीन छन्।

हालसम्म माथिल्लो त्रिशूली-१ का २५४ जनाको उद्धार भएको छ। अन्य आयोजनामा पनि उद्धारको पहल भइरहेको इप्पानले जनाएके छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

यूटीएलको लाइसेन्स खारेजीसँगै सम्पत्ति रोक्का

घरजग्गा एक्स्पो हुँदै : छानी–छानी घर तथा जग्गा खरिद गर्न सकिने

पुर्वाधार आयोजनासँग सम्बन्धित मुद्दा ९० दिनभित्र टुंग्याउनुपर्ने

जीडब्ल्यूएमका विद्युतीय सवारीसाधन (ईभी) प्रति ग्राहकको आकर्षण

‘लस एन्ड ड्यामेज कोष’ ले नेपाललाई जवाफ दिँदै भन्यो– ‘जतिसक्दो चाँडो सहयोग गछौँ’

छुटाउनुभयो कि ?