हुन्डाईको फेष्टिभ डिलाइट सार्वजनिक

काठमाडौं । हुन्डाई गाडीको लागि नेपालका आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले दशैंतिहार लक्षित फेष्टिभ डिलाईट २०८१ योजना सार्वजनिक गरेको छ ।

कम्पनीले आफ्ना ग्राहकहरुको दशैं तिहार विशेष र हर्षोल्लासपूर्ण बनाउन हरेक वर्ष गाडीका साथै अन्य आकर्षक उपहारहरु दिँदै आएको छ । यसवर्ष पनि यहि परम्परा कायम राखि कम्पनीले १ जना भाग्यमानी ग्राहकलाई मेड ईन नेपाल हुन्डाई भेन्यु लक्की ड्र मार्फत प्रदान गर्ने भएको छ । हुन्डाईको चाड पर्व लक्षित योजना नेपाली अटोमोवाइल बजारमा सबैभन्दा बहुप्रतिक्षित योजना मानिदै आएको छ । हुन्डार्ड फेष्टिभ डिलाइट २०८१ अन्तर्गत कुनैपनि हुन्डाई गाडीको खरीदमा १० लाख रुपैयाँसम्मको आकर्षक नगद छुट, स्क्राच कार्ड मार्फत थप १ लाख रुपैयाँसम्मको नगद छुटका साथै १ वर्षको लागि निःशुल्क सवारी वीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।

साथै भदौ ११ गते सुरु हुने नाडा अटो शो २०२४ मा बुकिङ्ग गर्ने ग्राहकहरु पनि यस योजनाबाट लाभान्वित हुन सक्ने कम्पनीले जनाएको छ । नाडा अटोशो २०२४ मा हुन्डाईको ए टु स्टल भ्रमण गरेर हुन्डाईका विभिन्न उत्पादनहरुको अवलोकन गरी आफ्ना जिज्ञासाहरु पनि मेट्न सकिनेछ । यस्तै उपहार योजना अन्र्तगत सबैै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ्ग उपलब्ध छ । यो योजना मंसिर २२ (छठ पर्व) सम्म लागू हुनेछ । यसैगरि हाल चलिरहेको ‘हुण्डाई टेष्ट ड्राईभ एण्ड वीन’ क्याम्पेन अन्तर्गत हुन्डाईको नेपालभरि रहेका कुनै पनि सोरुममा गई नयाँ हुन्डाई क्रेटा र मेड इन नेपाल हुन्डाई भेन्यु टेस्ट ड्राइभ गरी आकर्षक उपहारहरु हात खाली नहुने गरी प्राप्त गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?