अल्टिमा लाइफस्टाइलको ‘टेकी तीज सेल’

समाचार सारांश
Auto Generated by AI
  • अल्टिमा लाइफस्टाइलले तीजको अवसरमा आफ्ना विभिन्न उत्पादनमा ४५ प्रतिशतसम्म छुटसहित टेकी तीज सेल ल्याएको छ।
  • यो अभियान २१ अगस्टदेखि ५ सेप्टेम्बर २०२६ सम्म सञ्चालन हुनेछ जसमा स्पिकर लगायतका प्रविधिमा विशेष अफर राखिएको छ।
  • यस सेल अवधिमा अल्टिमाका उत्पादन खरिद गर्ने ग्राहकले औरिभा क्लोसेटको फेसन सामग्रीमा २५ प्रतिशत छुट प्राप्त गर्नेछन्।

तीजको उत्सवलाई थप विशेष बनाउँदै अल्टिमा लाइफस्टाइलले आफ्नो टेकी तीज सेल घोषणा गरेको छ।

२१ अगस्टदेखि ५ सेप्टेम्बर २०२६ सम्म सञ्चालन हुने यस अभियानअन्तर्गत ग्राहकहरूले अल्टिमा का विभिन्न अडियो उत्पादन तथा पहिरनयोग्य प्रविधिमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।

साथै, औरिभा क्लोसेट सँगको विशेष सहकार्यमार्फत अल्टिमा का उत्पादन खरिद गर्ने ग्राहकहरूले औरिभा क्लोसेट का फेसन सामग्रीमा समेत विशेष छुट प्राप्त गर्नेछन्।

तीज नजिकिँदै गर्दा ग्राहकहरूको चाडपर्वको किनमेललाई थप आकर्षक र लाभदायक बनाउने उद्देश्यले अल्टिमा लाइफस्टाइलले आफ्ना विभिन्न उत्पादनमा विशेष छुट ल्याएको हो।

टेकी तीज सेलअन्तर्गत अल्टिमाका स्पिकरहरूमा ४५ प्रतिशतसम्म छुट उपलब्ध हुनेछ। यसमा हालै बजारमा आएका अल्टिमा बुमबक्स १३० र अल्टिमा वेवोबार समेत समावेश छन्। साथै, अल्टिमा का अन्य उत्पादनहरूमा समेत ४० प्रतिशतसम्म छुट प्रदान गरिनेछ।

यस अभियानलाई थप विशेष बनाउन अल्टिमा लाइफस्टाइलले औरिभा क्लोसेट सँग विशेष सहकार्य गरेको छ। अभियान अवधिमा कुनै पनि आधिकारिक बिक्री माध्यमबाट अल्टिमा लाइफस्टाइल को कुनै पनि उत्पादन खरिद गर्ने ग्राहकले औरिभा क्लोसेट बाट सामान खरिद गर्दा २५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

टेकी तीज सेल अन्तर्गत ग्राहकहरूले अल्टिमाका स्पिकरहरूमा ४५ प्रतिशतसम्म छुट पाउनेछन्। जसमा नयाँ बुमबक्स १३० र वेवोबार समेत समावेश छन्।

अल्टिमा लाइफस्टाइलका अन्य उत्पादनहरूमा ४० प्रतिशतसम्म तथा अभियान अवधिमा अल्टिमा लाइफस्टाइल को कुनै पनि उत्पादन खरिद गर्ने ग्राहकलाई औरिभा क्लोसेट बाट खरिद गर्दा २५ प्रतिशत छुट पाइनेछ।

अल्टिमा लाइफस्टाइल र औरिभा क्लोसेट विशेष सहकार्यले ग्राहकहरूलाई प्रविधि र फेसन दुवैको किनमेललाई एउटै चाडपर्वको अनुभवमा जोड्ने अवसर प्रदान गर्नेछ। अल्टिमा लाइफस्टाइलको आधिकारिक बिक्री माध्यमबाट कुनै पनि उत्पादन खरिद गरेपछि ग्राहकहरूले औरिभा क्लोसेट का आफूलाई मनपर्ने सामग्री छनोट गरी उक्त खरिदमा २५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

एक महिनामा एक खर्ब ८७ अर्ब रुपैयाँ बराबरको वस्तु आयात

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्की नियुक्त

ऋणपत्र निष्कासनका लागि अब न्यूनतम एक अर्ब पुँजी अनिवार्य

नेपाल राष्ट्र बैंक ऐन संशोधन : गभर्नर र सञ्चालकको योग्यता, अनुभव र ‘कुलिङ पिरियड’ कडाइ गरिने

नेपालमा इन्टरनेका ग्राहक संख्या १० प्रतिशतले बढ्याे

छुटाउनुभयो कि ?