नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्की नियुक्त

समाचार सारांश
Auto Generated by AI
  • पर्वत कुमार कार्की नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा नियुक्त भएका छन्।
  • मन्त्रिपरिषद्को बैठकले उनलाई उक्त पदमा पुनः जिम्मेवारी दिएको हो।
  • कार्की राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् र उनीसँग वित्तीय क्षेत्रको लामो अनुभव छ।

नेपाल सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्कीलाई नियुक्त गरेको छ।

मन्त्रिपरिषद्को २०८३ भदौ ३ गते बसेको बैठकले नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४२ को उपदफा (१) बमोजिम कार्कीलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।

उदयपुरका स्थायी बासिन्दा कार्की नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पदबाट निवृत्त भएका हुन्। उनी यसअघि पनि नागरिक लगानी कोषको कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए। २०८० माघ ३ गते खुला प्रतिस्पर्धाबाट उनी कोषको कार्यकारी निर्देशकमा छनोट भएका थिए।

कार्कीसँग नेपाल राष्ट्र बैंकबाहेक नेपाल ग्रामीण विकास बैंक र किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा काम गरेको अनुभवसमेत छ।

उनले अस्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयबाट मास्टर अफ बैंकिङ एन्ड फाइनान्स (एमबीएफ) तथा त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन्।

साथै, उनले केन्द्रीय बैंकिङ, वित्तीय स्थिरता र वित्तीय बजार विश्लेषणलगायतका विषयमा अन्तर्राष्ट्रियस्तरका तालिमसमेत लिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

एक महिनामा एक खर्ब ८७ अर्ब रुपैयाँ बराबरको वस्तु आयात

ऋणपत्र निष्कासनका लागि अब न्यूनतम एक अर्ब पुँजी अनिवार्य

नेपाल राष्ट्र बैंक ऐन संशोधन : गभर्नर र सञ्चालकको योग्यता, अनुभव र ‘कुलिङ पिरियड’ कडाइ गरिने

नेपालमा इन्टरनेका ग्राहक संख्या १० प्रतिशतले बढ्याे

टेलिकम कम्पनीको नवीकरणमा २० अर्ब रुपैयाँ शुल्क लिने व्यवस्था परिवर्तन

छुटाउनुभयो कि ?