धितोपत्र बोर्ड सञ्चालक समितिबाट निजी क्षेत्रलाई ‘आउट’ गरिदै

सरकारले नेपाल धितोपत्र बोर्ड सञ्चालक समिति सदस्यमा नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिलाई नराख्ने प्रस्ताव गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हालै प्रतिनिधि सभामा दर्ता गरेको ‘धितोपत्र ऐन (पहिलो संशोधन) विधेयक २०८१) मा यस सम्बन्धी व्यवस्था छ ।

नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान)का प्रतिनिधि पनि धितोपत्र बोर्डमा राख्ने व्यवस्था प्रस्तावित छ । धितोपत्र बोर्ड गठनसम्बन्धी व्यवस्था प्रचलित ऐनको दफा ३ मा छ ।

नेपाल सरकारले नियुक्त गरेको व्यक्ति अध्यक्ष हुने बोर्डमा अर्थ मन्त्रालयका सह सचिव, कानुन मन्त्रालयका सहमसचिव, नेपाल राष्ट्रबैंकका प्रतिनिधि, नेपाल चाटर्ड एकाउण्टेण्ट्स संस्थाका प्रतिनिधि, उद्योग वाणिज्य महासंघका प्रतिनिधि र सरकारले मनोनित गरेका एक जना सदस्य रहन्छन् ।

यसमध्ये नेपाल चाटर्ड एकाउण्टेण्ट्स संस्थाका प्रतिनिधि, उद्योग वाणिज्य महासंघका प्रतिनिधिलाई भने बोर्ड सदस्यबाट हटाउने प्रस्ताव प्रस्तावित विधेयकमा छ ।

दुवै संस्थाको प्रतिनिधि राख्दा स्वार्थ बाझिन सक्ने भएकाले प्रचलित व्यवस्थामा संशोधन गर्न लागिएको अर्थ मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

आगामी आवका लागि कुन मन्त्रालयलाई कति बजेट ?

कुन आयोजनामा कति भयो बजेट विनियोजन ?

शेयर र घरजग्गा कारोबारमा तिर्नुपर्ने पुँजीगत लाभकर बढ्यो

राजस्व बढाउन हरित कर, कुनमा कति ?

१० लाखसम्म करयोग्य आय भएमा एक प्रतिशत कर लाग्ने

छुटाउनुभयो कि ?