अब डिम्याट खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य

समाचार सारांश
Auto Generated by AI
  • डिम्याट खाता खोल्दा अब राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएको छ।
  • यो व्यवस्था असार १ गतेदेखि नयाँ खाताका लागि लागू हुनेछ।
  • पुराना खातावालाले पनि विवरण अद्यावधिक गर्दा यो नम्बर राख्नुपर्नेछ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेडले हितग्राही खाता (डिम्याट) खोल्दा राष्ट्रिय परिचयपत्र नम्बर समावेश गर्नुपर्ने व्यवस्था लागू गर्ने भएको छ।

सेयर बजारलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यले विगतमा भएका पत्राचार र पूर्वतयारीलाई निरन्तरता दिँदै सीडीएससीको हालै बसेको बैठकले यस्ताे निर्णय गरेको हो।

निर्णय अनुसार असार १ गतेदेखि लागू हुने गरी नयाँ हितग्राही खाता (डिम्याट) खोल्दा अनिवार्य रूपमा राष्ट्रिय परिचय नम्बर उल्लेख गर्नु पर्नेछ।

यसका साथै हाल संचालनमा रहेका पुराना हितग्राही खाताहरूको विवरण अद्यावधिक गर्दा समेत हितग्राहीको विवरणमा राष्ट्रिय परिचय नम्बर समावेश गर्नुपर्ने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

‘व्यवसायीलाई नै विद्युतीय सवारीको ब्याट्री व्यवस्थापन गर भन्नु अव्यावहारिक’

एनसेलको सेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश

एनसेलकाे बदमासी छताछुल्ल, बालेन सरकारले कडा एक्सन लिँदै

माउन्टेन इनर्जीको नाफा ७९.७० करोड

बैंकहरूले सस्तो ब्याजदरको अटो कर्जा योजना ल्याए

छुटाउनुभयो कि ?