सेबोनको अध्यक्षका लागि सर्टलिस्टमा परे चार जना

समाचार सारांश
Auto Generated by AI
  • नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि चार जना उम्मेदवार सर्टलिस्टमा परेका छन्।
  • छनोट गरिएका व्यक्तिहरूलाई जेठ ८ गते छलफलका लागि बोलाइएको छ।
  • समितिले तीन जनाको नाम सिफारिस गरेपछि मन्त्रिपरिषद्ले एक जनालाई अध्यक्ष नियुक्त गर्नेछ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षका लागि आवेदन दिएकामध्ये चार जना सर्टलिस्टमा परेका छन् । आवेदन दिने ४७ जनामध्ये ४ जना संक्षिप्त सूचिमा परेका हुन् ।

नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौट सिफारिस समितिका अनुसार संक्षिप्त सूचीमा समावेश भएकाहरुमा डा। नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षेत्री र डा। गोपाल प्रसाद भट्ट रहेका छन् । उनीहरूलाई जेठ ८ गते छलफलमा बोलाएको छ ।

छलफलपछि सिफारिस समितिले तीन जनाको नाम मन्त्रीपरिषद्मा पठाउनेछ । जसमध्येबाट सरकारले एक जनालाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्ति गर्नेछ ।

सेबोनका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त रहेको छ ।

0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

जीडब्ल्यूएमका विद्युतीय सवारीसाधन (ईभी) प्रति ग्राहकको आकर्षण

‘लस एन्ड ड्यामेज कोष’ ले नेपाललाई जवाफ दिँदै भन्यो– ‘जतिसक्दो चाँडो सहयोग गछौँ’

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

बाढीपछिको पुनर्निर्माण गर्न ७ खर्ब २३ अर्ब बढी लाग्ने आकलन

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

छुटाउनुभयो कि ?