सेबोनको अध्यक्षका लागि सर्टलिस्टमा परे चार जना

नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षका लागि आवेदन दिएकामध्ये चार जना सर्टलिस्टमा परेका छन् । आवेदन दिने ४७ जनामध्ये ४ जना संक्षिप्त सूचिमा परेका हुन् ।

नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौट सिफारिस समितिका अनुसार संक्षिप्त सूचीमा समावेश भएकाहरुमा डा। नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षेत्री र डा। गोपाल प्रसाद भट्ट रहेका छन् । उनीहरूलाई जेठ ८ गते छलफलमा बोलाएको छ ।

छलफलपछि सिफारिस समितिले तीन जनाको नाम मन्त्रीपरिषद्मा पठाउनेछ । जसमध्येबाट सरकारले एक जनालाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्ति गर्नेछ ।

सेबोनका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त रहेको छ ।

0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

विद्युत व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने योजना अन्तिम चरणमा

२० वटा वाणिज्य बैंकहरूले १७ अर्ब रुपैयाँ नाफा कमाए

लक्ष्मी सनराइज बैंकको नेतृत्व अब सुमेद भट्टराईले सम्हाल्ने

६ महिनामा ऊर्जा, जलस्रोत क्षेत्रमा सरकारले केके काम गर्याे ?

सिद्धार्थ बैंकको २५औं वार्षिक साधारण सभा : २० प्रतिशत लाभांश पारित

छुटाउनुभयो कि ?