किड्जी प्रि–स्कुलको भैँसेपाटीमा वाकाथन कार्यक्रम

ललितपुरको भैँसेपाटीमा रहेको किड्जी प्रि–स्कुलले ‘खेलौं, हिँडौँ, स्क्रिन होइन’ भन्ने नारासहित स्वस्थ र सक्रिय बाल्यकाल प्रवद्र्धन गर्न वाकाथन कार्यक्रम आयोजना गरेको छ। भैँसेपाटी चोकदेखि नयाँ बजारसम्म गरिएको उक्त वाकाथनमा स्कुलका बालबालिका, अभिभावक र शिक्षक शिक्षिकाको सहभागिता थियो।

उक्त कार्यक्रमले बालबालिकालाई सक्रिय बनाउने, स्वस्थ जीवनशैली सिकाउने र बढी देखिने स्क्रिन प्रयोगलाई घटाउने उद्देश्य लिएको थियो। बढ्दो डिजिटल प्रयोगको अवस्थालाई न्यूनीकरण गर्न र बालबालिकाको स्वास्थ्यलाई थप सहयोग पु¥याउने उद्देश्यसाथ उक्त र् याली आयोजना गरिएको विद्यालयकी को–अर्डिनेटर सागरिका भण्डारीले बताइन्।

उनले सहभागीलाई सम्बोधन गर्दै, वाकाथनको मुख्य उद्देश्य बालबालिकाको समग्र विकास, स्वास्थ्य सहयोग, शारीरिक सक्रियता तथा स्क्रिन समय कटौती रहेको बताए। बालमैत्री, सुरक्षित र सकारात्मक वातावरण सिर्जना गर्नु पहिलो प्राथमिकता भएको भन्दै उनले यस किसिमका गतिविधिले बालबालिकालाई आत्मविश्वासी, सामाजिक र सक्षम बनाउन सहयोग गर्नेमा जोड दिइन्।

प्रि–स्कुलले गरेको उक्त कार्यक्रमलाई अभिभावकहरुले प्रशंसा गर्दै बालबालिकाको दिनचर्यालाई पुनर्विचार गर्न प्रोत्साहित गरेको बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?