बर्जर पेन्ट्सले ल्यायो चाडपर्व ग्राहक योजना ‘बर्जर नगद उत्सव’

बर्जर पेन्ट्स नेपालले मिस नेपाल वर्ल्ड २०२४ आश्मा केसीका साथ चाडपर्व उत्सव अभियान ‘बर्जर नगद उत्सव’को घोषणा गरेको छ।

बर्जर पेन्ट्सको ४० लिटर खरिद गरी ग्राहकले यस योजनामा सहभागी भई १ लाखसम्म नगद पुरस्कार प्राप्त गर्न सक्नेछन् ।

बर्जर पेन्ट्स नेपालका कन्ट्री म्यानेजेर राजीव रोयले बर्जर पेन्ट्सले चाडपर्वमा सुन्दर तरिकाले घर रंग्याएर चाडपर्व मनाउने राम्रो तरिका भएको बताए।
‘यस अभियानमार्फत हामी हाम्रा ग्राहकहरूलाई उत्कृष्ट उत्पादनहरूको साथै आकर्षक नगद पुरस्कार जित्ने मौका पनि दिन चाहन्छौँ’, उनले भने, ‘हामीलाई विश्वास छ चाडपर्वलाई अझ विशेष बनाउँदैै यस अभियान नेपालभरका परिवारमाझ रौनक बनेर फैलिनेछ।’

यो योजना बर्जर सिल्क ब्रिद इजी, सिल्क ग्ल्यामर ग्लो, सिल्क ग्ल्यामर, सिल्क लक्जरी, इजी क्लिन फ्रेस, इजी क्लिन, वेदरकोट लङ्ग लाइफ, वेदरकोट अल गार्ड फ्लेक्जो र वेदरकोट अल गार्डजस्ता बर्जरका उत्पादनहरुमा मात्र लागु हुने कम्पनीले जनाएको छ।
घरधनीहरुले यस योजनाको बारेमा विस्तृत जानकारी लिनको लागि नजिकैको बर्जर डिलरमा सम्पर्क गर्न सक्ने कम्पनीको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?