काठमाडौं । कराँतेमा ९ ओटा अन्तर्राष्ट्रिय स्तरका गाेल्डमेडल प्राप्त बाग्लुङका दिलबहादुर बुढाथोकी अहिले पनि यहीँ क्षेत्रमा संघर्षरत छन् ।
गलकाेट नगरपालिका काडेबाँस बिर्काेटमा जन्मिएका बुढाथोकी सानैदेखि पढाइसँगसँगै करातेँमा रुचि राख्थे ।
सन् २००७ मा भारत गएर मार्सल आट्स कराँते सिकेका उनले “कराँते ब्लाकबेल्ट थर्ड डन” पूरा गरिसकेका छन ।
अहिले कराँते कक्षा “डाेजाे” चलाइरहेका बुढाथोकी आर्थिक रूपमा सम्पन्न हुनुपर्छ भन्ने मन्यतालाई आत्मसात् गर्दै काठमाडौं अनामनगरमा “दि थ्री रेष्टुरेन्ट समेत संचालनमा ल्याइएका छन् ।
उनका अनुसार ३५-४० जना क्षमताको उक्त रेष्टुरेन्टमा करिब ३० लाख लगानी भइसकेको छ।
जापान गाेजु रियु कराँते डाे मिसन संघ नेपालबाट ब्लकबेल्ट थर्ड डन लिएपछि उनलेे नेपाल कराँते महासंघबाट नेशनल रेफ्री समेत लिएका थिए।
बुढाथोकी मार्सल आट्स कराँतेबाट नेपाललाई विश्वभर चिनाउनका लागि अहिले पनि लागि परिरहेका छन् । “कडा भन्दा कडा मेहनत गरेर अघि बढिरहेको छु”, उनलेे भने ।
आफू सङ्घषरत भएकाे र आगामी दिनमा राज्यले खेलाडीलाई हेर्नेमा आशावादी रहेको बुढाथोकीकाे भनाइ छ।

स्वास्थ्यका लागि नभइ आफ्नो आत्मरक्षाका लागि समेत मार्सल आट्स कराँते सिक्न जरुरी रहेको उनी बताउछन् ।

“खेलाडी भनेको देशलाई चिनाउने गहना हो,” उनले भने, “याे क्षेत्रकाे रक्षा गर्नका लागि सबैकाे ध्यान जानुपर्छ।”

