कजारिया रमेश टायल्सको ग्यालेक्सी शोरुम धनगढीमा

कजारिया रमेश टायल्सले धनगढीमा राठी इन्टरप्राइजेजद्वारा सञ्चालित कजारिया ग्यालेक्सी शोरुमको उद्घाटन गरेको छ । यो अत्याधुनिक शोरुम पश्चिम नेपालमा सबैभन्दा ठूलो रहेको कम्पनीको दाबी छ ।

उक्त शोरुमको गौरीशंकर राठी र महालक्ष्मी देवी राठीले दीप प्रज्वलन गरी उद्घाटन गरे । कार्यक्रममा सुरेन्द्र राठी, कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल, कजारिया रमेश टायल्स लिमिटेडका कन्ट्री म्यानेजर प्रवीण सिंह, धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल र धनगढी उपमहानगरपालिका– ४ का अध्यक्ष बुद्धिबहादुर खड्कासहित स्थानीयवासी, उद्योग व्यवसायीहरू र सम्मानित व्यक्तित्वहरूको उपस्थिति थियो ।

धनगढीको मुख्य सडकमा अवस्थित २५०० वर्ग मिटरको राठी इन्टरप्राइजेजद्वारा सञ्चालित कजारिया ग्यालेक्सी शोरुम आधुनिक डिजाइनका टायल्सहरूका लागि प्रमुख गन्तव्य बन्ने अपेक्षा गरिएको छ । यस शोरुमले स्थानीय अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने र रोजगारीका नयाँ अवसरहरू सिर्जना गर्नुका साथै यस क्षेत्रको समग्र विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

कजारिया रमेश टायल्सका निर्देशक हिमांशु अग्रवालले भने, ‘राठी इन्टरप्राइजेजद्वारा सञ्चालित धनगढीमा कजारिया ग्यालेक्सी शोरुमले पश्चिम नेपालका ग्राहकहरूलाई उच्चतम गुणस्तरका टायलहरू उपलब्ध गराउनेछ । यसले हाम्रो उत्कृष्टता प्रतिको समर्पण र टायल किनमेलको अनुभवलाई पुन: परिभाषित गर्ने हाम्रो दृष्टिकोणलाई प्रतिबिम्बित गर्दछ ।’

कजारिया रमेश टायल्स लिमिटेड नेपालको एक प्रमुख व्यापारिक समूह रमेश कर्प र भारतको नम्बर १ टायल कम्पनी कजारिया सेरामिक्स लिमिटेडबीचको संयुक्त उत्पादन हो । कम्पनीले नेपालभर डिजिटल भिट्रिफाइड ग्लेज्ड टाइल्सहरू बिक्री गर्छ । कजारिया रमेश टायल्सले उच्चतम गुणस्तर र शिल्पकला पूरा गर्ने भव्य, उत्कृष्ट र डिजाइनर टायल्सहरू प्रदान गर्ने प्रतिष्ठा आर्जन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

यूटीएलको लाइसेन्स खारेजीसँगै सम्पत्ति रोक्का

घरजग्गा एक्स्पो हुँदै : छानी–छानी घर तथा जग्गा खरिद गर्न सकिने

पुर्वाधार आयोजनासँग सम्बन्धित मुद्दा ९० दिनभित्र टुंग्याउनुपर्ने

जीडब्ल्यूएमका विद्युतीय सवारीसाधन (ईभी) प्रति ग्राहकको आकर्षण

‘लस एन्ड ड्यामेज कोष’ ले नेपाललाई जवाफ दिँदै भन्यो– ‘जतिसक्दो चाँडो सहयोग गछौँ’

छुटाउनुभयो कि ?