
- नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि चार जना उम्मेदवार सर्टलिस्टमा परेका छन्।
- छनोट गरिएका व्यक्तिहरूलाई जेठ ८ गते छलफलका लागि बोलाइएको छ।
- समितिले तीन जनाको नाम सिफारिस गरेपछि मन्त्रिपरिषद्ले एक जनालाई अध्यक्ष नियुक्त गर्नेछ।
नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षका लागि आवेदन दिएकामध्ये चार जना सर्टलिस्टमा परेका छन् । आवेदन दिने ४७ जनामध्ये ४ जना संक्षिप्त सूचिमा परेका हुन् ।
नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौट सिफारिस समितिका अनुसार संक्षिप्त सूचीमा समावेश भएकाहरुमा डा। नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षेत्री र डा। गोपाल प्रसाद भट्ट रहेका छन् । उनीहरूलाई जेठ ८ गते छलफलमा बोलाएको छ ।
छलफलपछि सिफारिस समितिले तीन जनाको नाम मन्त्रीपरिषद्मा पठाउनेछ । जसमध्येबाट सरकारले एक जनालाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्ति गर्नेछ ।
सेबोनका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त रहेको छ ।
0

