काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय मुद्रा कोषमा सेयर हिस्सा बढाउने भएको छ । हाल १५९.९ मिलियन एसडीआर रहेको नेपालको फन्ड कोटा २३५.३५ मिलियन बनाउन लागेको हो ।
मन्त्रिपरिषदको बैठकले आईएमएफ सदस्यको राष्ट्रको फन्ड कोटा ५० प्रतिशतले बढाउने प्रस्तावको पक्षमा सहमति दिएको छ । अर्थात्, अब सरकारले ७८.४५ मिलियन एसडीआर थप गर्नेछ ।
आईएमएफमा कोटा भनेको सेयर हिस्सा (कित्ता जस्तै) हो । कोटा आईएमएफको वित्तीय तथा गभर्नेन्स स्ट्रक्चर पनि हो । कोटाको इकाइ स्पेसियल ड्रइङ राइट (एसडीआर) हो ।
कोटाको अर्थ विश्वको अर्थतन्त्रमा सम्बन्धित देशको हिस्सा कति छ भन्ने पनि हुन्छ । यसले आईएमएफको स्रोतमा देशको हिस्सा, आईएमएफको निर्णयमा मतको हिस्सा पनि जनाउँछ भने साधारण अवस्थामा सम्बन्धित देशले पाउने ऋणको सीमा पनि तय गर्दछ ।
साधारणतः १ लाख एसडीआरबराबर एक भोट हुन्छ । अर्थात्, नेपालको २३५ मिलियन एडीआरमा २३५३ भोट हुन्छ ।
हालको १५६.९ कोटामा ३ हजार २१ मत छ । जसअआधारमा नेपालको मतको हिस्सा ०.९३ प्रतिशत र भोटको हिस्सा ०.०६ प्रतिशत छ ।
आईएमएफले पाँचवर्षमा एकपल्ट कोटा पुनरावलोकन गर्दछ ।

