सुनको कारोबार मूल्य एकै दिन तोलामा ४ हजार घट्यो, चाँदी ५५ रुपैयाँ सस्तियो

नेपाली बजारमा आज सुनको मूल्य ह्वातै घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ४ हजार रुपैयाँले घटेको हो । आज छापावाला सुन प्रतितोला एक लाख ६४ हजार ५ सय तोकेको छ ।

हिजो छापावाल सुन प्रतितोला एक लाख ६८ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै चाँदीको मूल्य पनि घटेको छ। हिजो प्रतितोला दुई हजार १५ रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १९ सय ६० रूपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?