राष्ट्र बैंकले वालेटको कारोबार सीमा बढायो, एकैदिन ३० पटकसम्म कारोबार गर्न सकिने

नेपाल राष्ट्र बैंकले डिजिटल वालेटमा रकम जम्मा गर्ने सीमा वृद्धि गरेको छ । दसैं तिहार छठ जस्ता नेपालीहरुको विशेष पर्वलाई लक्षित गर्दै राष्ट्र बैंकले डिजिटल वालेटमा रकम जम्मा गर्ने सीमा बढाएको हो । चाडपर्वका समयमा कारोबार धेरै हुने भएकोले सीमा वृद्धि गरिएको राष्ट्र बैंकले जनाएको छ ।

यी ठूला चाडपर्वका अवसरमा अब प्राकृतिक व्यक्तिले एक दिनमा बढीमा ३० पटकसम्म वालेटमा रकम जम्मा गर्न सक्नेछन्। हाल एकदिनमा १० पटकसम्म वालेटमा रकम जम्मा गर्न पाउने प्रावधान रहेको छ।

केन्द्रीय बैंकद्वारा जारी परिपत्रमा उल्लेख भएअनुसार दसैंमा असोज २१ गतेदेखि कात्तिक १ गतेसम्म, दीपावली (तिहार) तथा छठका अवसरमा कात्तिक १५ गतेदेखि कात्तिक २२ गतेसम्म यो सुविधा प्रदान गरिएको उल्लेख छ।

राष्ट्र बैंकबाट भुक्तानीसम्बन्धी कार्य गर्ने अनुमति प्राप्त संस्थाहरूलाई सोहीअनुसार गर्न गराउन परिपत्रमा निर्देशन दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

यूटीएलको लाइसेन्स खारेजीसँगै सम्पत्ति रोक्का

घरजग्गा एक्स्पो हुँदै : छानी–छानी घर तथा जग्गा खरिद गर्न सकिने

पुर्वाधार आयोजनासँग सम्बन्धित मुद्दा ९० दिनभित्र टुंग्याउनुपर्ने

जीडब्ल्यूएमका विद्युतीय सवारीसाधन (ईभी) प्रति ग्राहकको आकर्षण

‘लस एन्ड ड्यामेज कोष’ ले नेपाललाई जवाफ दिँदै भन्यो– ‘जतिसक्दो चाँडो सहयोग गछौँ’

छुटाउनुभयो कि ?