साढे ७ खर्ब पुग्यो बीमा कम्पनीहरुको लगानी

जीवन र निर्जीवन बीमा कम्पनीहरुको लगानी रकम करिब साढे ७ खर्ब रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षमा जीवन बीमा र निर्जीजवन बीमामार्फत् आम्दानी गरेको रकम विभिन्न क्षेत्रमा लगानी गर्ने क्रममा ७ खर्ब ४८ अर्ब ८१ करोड ४२ लाख रुपैयाँ पुगेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । मुलुकमा सञ्चालन भएका १४ वटा जीवन बीमा र १४ वटा निर्जीवन बीमाको लगानीबापत् उक्त रकम पुगेको प्राधिकरणका प्रवक्ता सुनिल देव सुवेदीले जानकारी दिए ।

्राधिकरणका अनुसार गत आर्थिक वर्षमा १४ वटा जीवन बीमा कम्पनीहरुको लगानी ६ खर्ब ८२ अर्ब २९ करोड २२ लाख रुपैयाँ रहेको छ । उक्त जीवन बीमा कम्पनीहरु मध्ये सबैभन्दा बढी लगानी गर्ने जीवन बीमा कम्पनीहरुमा नेपाल लाइफ, लाइफ इन्स्योरेन्स र हिमालयन लाइफ रहेको छ ।
समीक्षा अवधिमा नेपाल लाइफ २ खर्ब ३ अर्ब १४ करोड १२ लाख रुपैयाँ, लाइफ इस्योरेन्स १ खर्ब १९ करोड ६९ लाख रुपैयाँ, हिमालयन लाइफ ६५ अर्ब ३९ करोड ६३ लाख रुपैयाँ, राष्ट्रिय बीमा संस्थान ४९ अर्ब २४ करोड ८३ लाख रुपैयाँ, नेशनल लाइफ ६४ अर्ब ३२ करोड ३० लाख रुपैयाँ,मेट लाइफ २८ अर्ब ६५ करोड ५० लाख रुपैयाँ,एशियन लाइफ ४१ अर्ब १२ करोड ५३ लाख रुपैयाँ,आइएमइ लाइफ १५ अर्ब ३३ करोड ६२ लाख रुपैयाँ,सन नेपाल लाइफ ११ अर्ब ४७ करोड ४७ लाख रुपैयाँ,रिलायन्स नेपाल १६ अर्ब ३० करोड ४५ लाख रुपैयाँ,सिटिजन लाइफ १९ अर्ब २४ करोड ५ लाख रुपैयाँ,सुर्यज्योति ३४ अर्ब ८२ करोड १ लाख रुपैयाँ,सानिमा रिलयान्स १८ अर्ब २३ करोड ३५ लाख रुपैयाँ र प्रभु महालक्ष्मी लाइफ १४ अर्ब ७९ करोड ६० लाख रुपैयाँ बराबरको लगानी रहेको छ ।

आर्थिक वर्ष २०८०÷८१ मा उक्त जीवन बीमा कम्पनीहरुले संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार वा नेपाल राष्ट्र बैंकको बचतपत्र वा ऋणपत्र ३ अर्ब १० करोड ३९ लाख रुपैयाँ, वाणिज्य बैंकको मुद्दती निक्षेपमा ४ खर्ब ६१ अर्ब ११ करोड ७१ लाख रुपैयाँ , पूर्वाधार बैंकको मुद्दती निक्षेपमा ९ अर्ब २७ करोड ४० लाख रुपैयाँ, विकास बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ४३ अर्ब ९९ करोड १५ लाख रुपैयाँ,वित्त कम्पनी तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ६ अर्ब ९७ करोड ८६ लाख रुपैयाँ,सूचीकृत पब्लिक लिमिटेड कम्पनीको साधारण शेयरमा १९ अर्ब १२ करोड ६४ लाख रुपैयाँ, राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर, बण्ड, डिबेन्चर र ऋणपत्रमा ५२ अर्ब ७४ करोड २० लाख रुपैयाँ , सूचीकृत पब्लिक लिमिटेडको कम्पनीको बन्ड डिबेन्चर र ऋणपत्रमा १८ अर्ब ८६ करोड ९३ लाख रुपैयाँ,कृषि उत्पादन तथा वितरण, शीत भण्डार गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य उर्जा लगायतका नवीकरणीय उर्जा परियोजना, केवलकार, सडक, विद्युत प्रसारण लाइन, शिक्षा र स्वास्थ्य क्षेत्रमा ८ अर्ब ५८ करोड ८४ लाख रुपैयाँ, नागरिक लगानी कोष र म्युचअल फन्डमा २ अर्ब ५० करोड २६ लाख रुपैयाँ , इन्भेष्टमेन्ट कम्पनीको शेयरमा ४६ करोड ४५ लाख रुपैयाँ ,अन्य संस्थापक शेयरमा ११ अर्ब ६८ करोड ६५ लाख रुपैयाँ, सुचीकृत नभएको अन्य पब्लिक लिमिटेड कम्पनीको शेयरमा १ अर्ब ८ करोेड ४० लाख रुपैयाँ र अन्य लगानीमा ४२ अर्ब ७६ करोड २९ लाख रुपैयाँ रहेको छ ।

प्राधिकरणका अनुसार मुलुकमा सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमाहरुले गत आर्थिक वर्षमा ६६ अर्ब ५२ करोड २० हजार रुपैयाँ सरकारका विभिन्न कोषमा लगानी गरेका छन् । कम्पनीहरुले सरकारले तोेकेको निश्चित नियम भित्र रही उक्त रकम लगानी गरेको प्राधिकारणका अधिकारीहरुले बताएका छन् । विशेष गरी कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाहरुको मुद्दती निक्षेप, संस्थाको अग्राधिकार शेयर, बण्ड, डिबेन्चर र ऋणपत्र, घर जग्गा,सूचीकृत पब्लिक लिमिटेड कम्पनीको साधारण शेयर गरी मुख्य १४ वटा क्षेत्रमा बढी लगानी गर्दै आएको पाइन्छ ।

समीक्षा अवधिमा सबैभन्दा बढी लगानी गर्ने कम्पनीहरुमा सिद्र्धाथ प्रिमियर इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी र सगरमाथा लुम्बिनी इन्स्योरेनस कम्पनीहरु रहेका प्राधिकरणले जानकारी दिएको छ । समीक्षा अवधिमा सिद्र्धाथ प्रिमियर इन्स्योरेन्स कम्पनीले ८ अर्ब ४६ करोड ३ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले ८ अर्ब ८ करोड ५१ लाख रुपैयाँ , सगरमाथा लुम्बिनी इन्स्योरेनस कम्पनीले ६ अर्ब २१ करोड १२ लाख रुपैयाँ, नेको इन्स्योरेनस कम्पनीले ६ अर्ब १० करोड २ लाख रुपैयाँ,नेपाल इस्योरेन्स कम्पनीले ४ अर्ब २३ करोड २ लाख रुपैयाँ, द आरेन्टल इन्स्योरेन्स कम्पनीले ३ अर्ब २९ करोड २१ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्स कम्पनीले २ अर्ब ५४ करोड ८७ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्स कम्पनीले २ अर्ब ४६ करोड ९१ लाख रुपैयाँ लगानी विभिन्न कोषमा गरेका छन् । त्यस्तै समीक्षा अवधिमा शिखर इन्स्योरेनस कम्पनीले ४ अर्ब ६२ करोड ५३ लाख रुपैयाँ,एनएलजी इन्स्योरेन्स कम्पनीले २ अर्ब ९१ करोड ९२ लाख रुपैयाँ,हिमालयन इभरेष्ट इन्स्योरेन्स कम्पनीले ५ अर्ब २ करोड २२ लाख रुपैयाँ,सानिमा जर्नरल इन्स्योरेन्स कम्पनीले ३ अर्ब ३४ करोड ६१ लाख रुपैयाँ,आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ५ अर्ब १९ करोड १७ लाख रुपैयाँ, र युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले ४ अर्ब १ करोड ७८ लाख रुपैयाँ लगानी विभिन्न कोषमा गरेका छन् ।

गत आर्थिक वर्षमा घरजग्गामा लगानी नगरेका उक्त १४ वटा कम्पनीहरुले संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार वा नेपाल राष्ट्र बैंकको बचतपत्र वा ऋणपत्र वाणिज्य बैंकको मुद्दती निक्षेपमा, पूर्वाधार बैंकको मुद्दती निक्षेपमा र सूचीकृत पब्लिक लिमिटेड कम्पनीको साधारण शेयर लगायतका शीर्षकमा भने लगानी गरेका छन् । समीक्षा अवधिमा उक्त कम्पनीहरुले संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार वा नेपाल राष्ट्र बैंकको बचतपत्र वा ऋणपत्रमा २१ करोड ५३ लाख रुपैयाँ, वाणिज्य बैंकको मुद्दती निक्षेपमा ४६ अर्ब ६ करोड ५ लाख रुपैयाँ, विकास बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ५ अर्ब ४८ करोड ६४ लाख रुपैयाँ, वित्त कम्पनी तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा १ अर्ब १७ करोड रुपैयाँ, सूचीकृत पब्लिक लिमिटेड कम्पनीको साधारण शेयरमा ३ अर्ब ८६ करोड ५ लाख रुपैयाँ, राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर, बण्ड, डिबेन्चर र ऋणपत्रमा ३ अर्ब २४ करोड ३८ लाख रुपैयाँ सूचीकृत पब्लिक लिमिटेडको कम्पनीको बन्ड डिबेन्चर र ऋणपत्रमा ९९ करोड ५४ लाख रुपैयाँ, कृषि उत्पादन तथा वितरण, शीत भण्डार गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य उर्जा लगायतका नवीकरणीय उर्जा परियोजना, केवलकार, सडक, विद्युत प्रसारण लाइन, शिक्षा र स्वास्थ्य क्षेत्रमा १ अर्ब २ लाख रुपैयाँ, नागरिक लगानी कोष र म्युचअल फन्डमा ७२ करोड ८४ लाख रुपैयाँ, इन्भेष्टमेन्ट कम्पनीको शेयरमा १४ करोड १२ लाख रुपैयाँ, अन्य संस्थापक शेयरमा १ अर्ब ४१ करोड ७९ लाख रुपैयाँ, सुचीकृत नभएको अन्य पब्लिक लिमिटेड कम्पनीको शेयरमा १ करोड ९१ लाख रुपैयाँ र अन्य लगानी २ अर्ब १८ करोड ८ लाख रुपैयाँ गरेका छन् । निर्जीवन बीमकको लगानी निर्देशन २०८० अनुरुप निर्जीवन बीमा कम्पनीहरुले बचतकोष, निक्षेपकोष, कृषि, सेवा लगायतका सरकारका विभिन्न कोषहरुमा लगानी गर्न सक्ने व्यवस्था गरेको छ भने सोहि व्यवस्थामा रही कम्पनीहरुले लगानी गर्दै आएको पाइन्छ । सरकारले तयार गरेको उक्त निर्देशिकामार्फत् निर्जीवन बीमा कम्पनीहरुले कुन कुन क्षेत्रमा कति लगानी गर्ने भन्ने विषयको स्पष्ट व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?