बीमा प्राधिकरण एक्सनमा, आठ बीमा कम्पनी कारवाहीमा

नेपाल बीमा प्राधिकरण एक्सनमा उत्रिएको छ । बीमा प्राधिकरणले बीमा ऐन अन्तर्गत काम नगर्ने आठ बीमा कम्पनीलाई कारवाही स्वरुप दुई लाख रुपैयाँ जरिवना तिराउने निर्णय गरेको छ ।

बीमा कम्पनीहरुले निर्देशन अनुसार काम नगरेको भन्दै प्राधिकरणले स्पष्टीकरण सोध्दै चित्तबुझ्दो जवाफ नआएको भन्दै कारवाही गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको सञ्चालक समितीको बैठकमा पनि यस निर्णय पारित गरिएको हो । प्राधिकरणका अनुसार कारवाहीमा पर्नेहरुमा नेपाल रि, हिमालयन रि, नेको इन्स्योरेन्स, एलियन्ट इन्स्याेरेन्स ब्राेकर कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स, ओरियन्टल इन्स्योरेन्स र हिमालयन लाइफ छन् ।

यी कम्पनीहरुलाई प्रति कम्पनी दुई लाख रुपैंयाँको दरमा नगद जरिवाना गरिएको प्राधिकरणले जनाएको छ । ति कम्पनीहरुलाई प्राधिकरणले नियम विपरित कार्य गरेको भन्दै कारवाही गर्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

‘व्यवसायीलाई नै विद्युतीय सवारीको ब्याट्री व्यवस्थापन गर भन्नु अव्यावहारिक’

एनसेलको सेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश

एनसेलकाे बदमासी छताछुल्ल, बालेन सरकारले कडा एक्सन लिँदै

माउन्टेन इनर्जीको नाफा ७९.७० करोड

बैंकहरूले सस्तो ब्याजदरको अटो कर्जा योजना ल्याए

छुटाउनुभयो कि ?