जीवन बीमा कम्पनीको बीमा शुल्क संकलन झन्डै १ खर्ब

जीवन बीमा कम्पनीहरुले झण्डै एक खर्ब रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको दोस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीहरुले ९४ अर्ब ३७ करोड ९७ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । यो प्रिमियम गत आवको सोही अवधिसम्मको तुलनामा १७ प्रतिशत बढी हो । गत आवको दोस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीहरुले ८० अर्ब ६६ करोड ३८ लाख रुपैयाँ बराबरको प्रिमियम कलेक्सन गरेका थिए ।

सो अवधिसम्म सबै बीमा कम्पनीहरुको व्यवसाय उल्लेख्य बढेको छ । दोस्रो त्रैमाससम्म सबैभन्दा धेरै प्रिमियम भित्र्याउनेमा भने नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनी एक्लैले २५ अर्ब ५१ करोड ३१ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्न सफल भएको छ । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा १३.६० प्रतिशत बढी हो ।

त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्सले ११ अर्ब ३७ करोड, एलआइसी नेपालले १० अर्ब २२ करोड, हिमालयन लाइफले ८ अर्ब ६२ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले ६ अर्ब ३३ करोड, सूर्यज्योति लाइफले ५ अर्ब ६६ करोड, एशियन लाइफले ४ अर्ब ६४ करोड, सिटिजन लाइफले ४ अर्ब ४ करोड, सानिमा रिलायन्स लाइफले ३ अर्ब ६३ करोड, मेट लाइफले ३ अर्ब २४ करोड, आइएमई लाइफले ३ अर्ब १८ करोड, रिलायबल नेपाल लाइफले २ अर्ब ९८ करोड, प्रभु महालक्ष्मी लाइफले २ अर्ब ७९ करोड र सन नेपाल लाइफले २ अर्ब ११ करोड रुपैयाँ प्रिमियम कलेक्सन गरेको छ ।

गत आवको तुलनामा सबैभन्दा बढी व्यवसाय ग्रोथ गर्नेमा राष्ट्रिय बीमा जीवन बीमा कम्पनी रहेको छ । यो कम्पनीको व्यवसाय १२८.२५ प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

सार्वजनिक संरचनाका कारण हानि-नोक्सानी भए क्षतिपूर्ति दिलाउन सर्वोच्चको आदेश

नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रमलाई विशेष प्राथमिकता

विश्वकपलक्षित नेपाल टेलिकमको विशेष प्याकेज सार्वजनिक

औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव

प्रदेश सरकारको बजेट २ खर्ब ५४ अर्ब

छुटाउनुभयो कि ?