भदौ लागेसँगै सेयर बजारमा पहिरो, लगानीकर्ता निराश

भदौ लागेसँगै लगातार ओरालो लागेको सेयर बजारमापक नेप्से परिसूचक आइतबार पनि घटेको छ।

३१ साउनयता परिसूचक ३०४.८८ अंकले घटेको छ । ३१ साउनमा परिसूचक ३०००.८१ विन्दु पुगेको थियो । त्यसपछि निरन्तरजसो ओरालो लाग्दै आइतबार ५३.६३ अंकले (१.९५ प्रतिशत) घटेर २६९५.९३ विन्दुमा आइपुगेको छ ।

आइतबार पिपुल्स हाइड्रोपावर कम्पनी र माईखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेपछि सर्किट ब्रेकर लागेको छ । थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले घटेको छ । उपकार लघुवित्त, नेपाल फाइनान्स र मिड सोलु हाइड्रोपावरको सेयर मूल्य ९ प्रतिशतभन्दा उच्च दरले घटेका छन् । बुद्धभूमि नेपाल, हिमालयन हाइड्रोपावर र माथिल्लो मैलुङ खोलाको सेयर मूल्य ७ प्रतिशतले घटेको छ।

फाइनान्स समूहको परिसूचक ३.४४ प्रतिशतले घटेको छ । होटेल तथा पर्यटन समूहको परिसूचक २.९८ प्रतिशतले घटेको छ । बैंकिङ समूहको परिसूचक २.३४ प्रतिशतले घटेको छ । जलविद्युत् समूहको परिसूचक २.४ प्रतिशत, माइक्रो फाइनान्सको १.८८ प्रतिशत, जीवन बिमाको १.४४ प्रतिशत र उत्पादनशील तथा प्रशोधन क्षेत्रमा १.८ प्रतिशतले घटेको छ । लगानी समूहको परिसूचक १.३३ प्रतिशत र निर्जीवन बिमाको सेयर मूल्य १.२३ प्रतिशतले घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

यूटीएलको लाइसेन्स खारेजीसँगै सम्पत्ति रोक्का

घरजग्गा एक्स्पो हुँदै : छानी–छानी घर तथा जग्गा खरिद गर्न सकिने

पुर्वाधार आयोजनासँग सम्बन्धित मुद्दा ९० दिनभित्र टुंग्याउनुपर्ने

जीडब्ल्यूएमका विद्युतीय सवारीसाधन (ईभी) प्रति ग्राहकको आकर्षण

‘लस एन्ड ड्यामेज कोष’ ले नेपाललाई जवाफ दिँदै भन्यो– ‘जतिसक्दो चाँडो सहयोग गछौँ’

छुटाउनुभयो कि ?