नेपाल बंगलादेश बन्छ ?

–विवेक विक

देशको गठबन्धनीय सरकार चलाएर मोज गरिरहेका ठूला तथा साना दलका नेताहरुलाई ‘चक्मा’ दिनेगरी राजनीतिले कोल्टे फेर्ने सङ्केतहरु देखिन थालेका छन् ।

जसरी बङ्गलादेशमा भएको बिद्रोह र भाग्नु परेकी प्रधानमन्त्री बेग हसिनाजस्तै नेपालका केही नेता सत्ताबाट सदाका लागि विदा हुने अवस्था आउने देखिन्छ । जसको नेतृत्व राजनीतिका ‘चक्मादार खेलाडी’ नेकपा एमालेका अध्यक्ष तथा हालका प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने दिन आउन ढिलो नभएको जानकारहरुको बुझाइ छ । र, यो दिन छिटो नै आउनेमा चिया पसलदेखि भट्टि पसलसम्म तर्क, वितर्क र कूतर्क सुन्न पाइन्छ ।

अहिले संघीय संसदमा ठूलो दल नेपाली काङग्रेस छ । उसको ८८ सिट छ ।, त्यसपछि नेकपा एमाले छ र उसको ७८ सिट छ । तेस्रोमा माओवादी केन्द्रको ३२ र चौथोमा स्वतन्त्र पार्टीको २१ सिट छ । अब एमालेलाई ठूलो दल बन्न ११ सांसद चाहिएको छ । अनि जसपाबाट फुटेको र पहिला नै नेकपा एमालेका उपाध्यक्ष भइसकेका अशोककुमार राईले फुटाएर ७ जना संसद लिएर अर्काे दल बनाइसकेका छन् । ती ७ जना नेकपा एमालेमा बिलय हुनेमा धेरैको शंका छैन र फेरि एमाले अध्यक्ष ओलीले आफ्नो पार्टी फुटाउने छनक पाएका उपेन्द्र यादव झस्किरहेका छन् ।

अब एमालेलाई ठूलो दल बन्न ४ जना संसद आवश्यक पर्छ । जसका लागि सरकारले यो संसद सकिएपछि अध्यादेश ल्याउने छ र एक दुई जना संसदले पनि पार्टी परित्याग गर्न पाउने छन् । त्यो अवस्थामा स्वतन्त्र पार्टी, माओवादी केन्द्र, साना जातीय मधेशी पार्टी र २ जना स्वतन्त्र सांसद एमालेमा आउने छन् । यसो गर्दा एमालेका सांसदको संख्या न्यूनतम ९० देखि माथि हुने देखिन्छ । र, नेकपा एमाले संघीय संसदमा देशकै ठूलो दल बन्ने छ ।

नेपाली काङ्ग्रेस र नेकपा एमालेबीच भएको ७ बुंदे सहमतिमा ०८४ को निर्वाचनअघि काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई साढे १ वर्षबढी समय प्रधानमन्त्री बन्ने, भन्ने उल्लेख गरिएको छ । अब देशको ठूलो दल एमाले बनेपछि प्रधानमन्त्री ओलीले सत्ता नछोडेको समयमा सरकार अल्पमतमा पर्छ । अनि, सरकारले विश्वासको मत पाउने अवस्था देखिन्न । अनि नयाँ सरकार गठन गर्न राष्ट्रपतिले देशकै ठूलो दल एमालेका संसदीय दलका नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्नेछन् ।

अब प्रधानमन्त्री ओलीले विश्वासको मत नपाएपछि संसद बिघटन गर्न सक्नेछन् । त्यो अवस्था भनेको उनले यसअघि २ पटक गरेको संसद बिघटन ठीक थियो भन्ने हो । र, अब सर्वाेच्च अदालतमा सम्भवत : केपी ओलीनिकटका न्यायाधीशको बाहुल्यता रहनेछ । त्यसो भएमा संसद बिघटन बैध ठहरिन सक्छ ।

यदि बिघटन बिरुद्ध सवोच्च अदालत गएको खण्डमा के होला ? यसको सहज जवाफ नपाइए पनि त्यो समयमा नेपाल बंगलादेश नबल्ला भन्न सकिन्न । अर्थात दक्षिण, उत्तर र सात समुन्द्रपार देशमध्ये कुनै एक देशले साथ दिएको खण्डमा नेपाल पनि अहिलेको बंगलादेश बन्न सक्दैन भन्न सकिन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

यूटीएलको लाइसेन्स खारेजीसँगै सम्पत्ति रोक्का

घरजग्गा एक्स्पो हुँदै : छानी–छानी घर तथा जग्गा खरिद गर्न सकिने

पुर्वाधार आयोजनासँग सम्बन्धित मुद्दा ९० दिनभित्र टुंग्याउनुपर्ने

जीडब्ल्यूएमका विद्युतीय सवारीसाधन (ईभी) प्रति ग्राहकको आकर्षण

‘लस एन्ड ड्यामेज कोष’ ले नेपाललाई जवाफ दिँदै भन्यो– ‘जतिसक्दो चाँडो सहयोग गछौँ’

छुटाउनुभयो कि ?