अर्थतन्त्र ४.८ प्रतिशतले विस्तार हुने

चालु आर्थिक वर्ष २०८१/८२ तेस्रो त्रैमास (माघ-चैत) मा अर्थतन्त्र ४.८ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आव २०८०/८१ को सोही त्रैमासको तुलनामा अर्थतन्त्रमा यस्तो विस्तार हुने अनुमान गरिएको हो । यो त्रैमासमा अर्थतन्त्रका सबै क्षेत्र धनात्मक हुने अनुमान छ । यो अवधिमा निर्माण क्षेत्रले गति लिएको देखिएको छ ।

साथै, विद्युत् उत्पादन तथा वितरणमा वृद्धि, वित्तीय तथा बीमा क्षेत्रमा भएको वृद्धि, खानी तथा खनीज पदार्थको उत्खनन्‌मा भएको वृद्धिले अर्थतन्त्र विस्तारमा सकारात्मक भूमिका खेलेको कार्यालयका प्रवक्ता तथा उपप्रमुख तथ्यांक अधिकारी ढुण्डीराज लामिछानेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

आगामी आवका लागि कुन मन्त्रालयलाई कति बजेट ?

कुन आयोजनामा कति भयो बजेट विनियोजन ?

शेयर र घरजग्गा कारोबारमा तिर्नुपर्ने पुँजीगत लाभकर बढ्यो

राजस्व बढाउन हरित कर, कुनमा कति ?

१० लाखसम्म करयोग्य आय भएमा एक प्रतिशत कर लाग्ने

छुटाउनुभयो कि ?