नयाँ बजेटमा कस्तो छ करको व्यवस्था ?

काठमाडौं । सरकारले बजेटमार्फत सुर्तिजन्य चुरोट तथा विद्युतीय र भेपमा कर तथा अन्तशुल्क बढाएको छ । विद्युतीय चुरोट वा भेपमा प्रति गोटा ३० रुपैयाँ कर बढाएको छ ।

फिल्टर नभएको चुरोटमा यसअघि प्रतिएम ७५५ रहेकामा अन्तशुल्क बढाएर ७७८ पुर्‍याइएको छ । त्यस्तै फिल्टर भएको ७० मिलिमिटरसम्म लम्बाइ भएको चुरोटमा यसअघि प्रतिएम १७ सय ४० रहेको अन्तशुल्क बढाए १७ सय ९२ पुर्‍याएको छ । ७० मिलिमिटरभन्दा बढी ७५ मिलिमिटरसम्म लम्बाइको चुरोटमा प्रतिएम २३ सय ७० रहेको अन्तशुल्क बढाएर २४ सय ४१ पुर्‍याइएको छ ।

७५ मिलिमिटरभन्दा बढी ८५ मिलिमिटरसम्म लम्बाइ भएको चुरोटमा प्रतिएम ३ हजार ६० रहेको अन्तशुल्क बढाएर ३२ सय १३ पुर्‍याइएको छ । त्यस्तै ८५ मिलिमिटरभन्दा लामो चुरोटमा यसअघि ४२ सय रहेको अन्तशुल्क बढाएर ४४ सय १० पुर्‍याइएको छ ।

त्यस्तै कुकुर र बिरालोको खानामा यसअघि १० प्रतिशत रहेको अन्तशुल्क अहिले बढाएर २० प्रतिशत कायम गरिएको छ ।

त्यस्तै आयकरमार्फत उद्योगी व्यवसायीलाई आयकरमा छुटको व्यवस्था गरेर लगानी आकर्षित गर्ने प्रयास गरिएको छ । जसमा १ अर्बभन्दा बढी लगानीमा स्थापना भएर वार्षिक पाँच सय जनाभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएका विशेष उद्योग र पर्यटन उद्योगलाई सुरुको पाँच वर्षमा ५० प्रतिशतसम्म आयकर छुट दिँदै आएकामा बढाएर ७५ प्रतिशत पुर्‍याइएको छ ।

वार्षिक एक करोडसम्म कारोबार गर्ने स्टार्टअपलाई आयकरका ५ वर्षसम्म शतप्रतिशत छुट दिने व्यवस्था परिमार्जन गरी अब १० करोडसम्म कारोबार गर्ने कम्पनीले पनि यो सुविधा उपभोग गर्न पाउने छन् ।

त्यस्तै ग्रीन हाइड्रोजन उत्पादन गर्ने उद्योगलाई कारोबार सुरु गरेको मितिले ५ वर्षसम्म आयकारमा छुट दिने व्यवस्था गरेको छ । विद्युतीय गाडी चार्जिङ मेशिन उत्पादन तथा एसेम्बल गर्ने उद्योगलाई कारोबार सुरु गरेको मितिले पाँच वर्षसम्म आयकरमा छुट दिने व्यवस्था गरिएको छ ।

औद्योगिक क्षेत्र र औद्योगिक ग्राम निर्माण गरी सञ्चालन गर्ने व्यक्तिलाई कारोबार सुरु गरेको मितिले पहिलो १० वर्षसम्म पूरै र सोपश्चात् पाँच वर्षसम्म ५० प्रतिशत आयकरमा छुट दिने व्यवस्था गरिएको छ ।

यस्तै सूचना प्रविधिको निर्यातलाई उच्च प्राथमिकता दिँदै सूचना प्रविधि सेवा निर्यातबाट हुने आयमा ७५ प्रतिशत कर छुट दिइने भएको छ । नेपालमा बसेर विदेशमा सूचना प्रविधि निर्यात गर्दा भएको आम्दानीमा ५ प्रतिशत मात्रै आयकर लाग्ने व्यवस्था गरिएको छ । सूचना प्रविधिमा आधारित उद्योग र होटेल तथा रिसोर्टलाई विशेष उद्योग सरहको मान्यता दिई आयकर र विद्युत् महसुलमा छुट दिने व्यवस्था बजेटमा मिलाइएको छ ।

खाद्यान्न, गेडागुडी र पशुचौपायामा भन्सार बिन्दुमा लाग्ने अग्रिम कर खारेज गरिएको छ । यस्तै प्राङ्गारिक मल, काठ उद्योग तथा ग्रीन हाइड्रोजन उद्योगका लागि मेसिन आयात गर्दा कर छुटको व्यवस्था गरिएको छ । ग्रीन हाइड्रोजन उद्योगलाई ५ वर्षसम्म कर छुटको व्यवस्था बजेटले गरेको छ।

त्यस्तै सबै प्रकारका डिजिटल कारोबारलाई करको दायरामा ल्याउन डिजिटल सर्भिस ट्याक्स लागू गर्ने तयारी छ । निकासी पैठारी गर्ने उद्योगका व्यवसायीले एक्जिम कोड लिँदा ३ करोड रुपैयाँसम्म धरौटी राख्नुपर्ने व्यवस्था हटाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

एक वर्षमा १२ लाख ९ हजार विदेशी पर्यटक नेपालमा आए

छुटाउनुभयो कि ?