वाइडबडी भ्रष्टाचारमा कंसाकार दोषी ठहर, साढे २ वर्ष कैद, सवा १२ करोड जरिवाना

नेपाल वायु सेवा निगमका २ वटा वाइडबडी जहाज किन्दा भएको भ्रष्टाचारमा तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकार दोषी ठहर भएका छन्।

विशेष अदालतले उनलाई २ वर्ष ६ महिना कैद र १२ करोड २५ लाख ९० रूपैयाँ जरिवाना तोकेको छ। तर उनी ७४ वर्षीय ज्येष्ठ नागरिक भएकाले कैदमा ५० प्रतिशत छुट पाउने फैसलामै लेखिएको छ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासबाट यो फैसला भएको हो।

निगमका तत्कालीन महाप्रबन्धक र सञ्चालक समितिको सदस्यसमेत रहेका कारण यस प्रकरणमा कंसाकार मुख्य दोषी हुने विशेषको फैसलामा उल्लेख छ।

निगमको सञ्चालक समितिबाट हुने निर्णयको एजेन्डा पेस गर्ने दायित्व उनकै रहेको र विवादित खरिद प्रस्तावको प्रारम्भिक ढाँचा अध्ययन गर्ने, स्वीकृत गर्ने, प्राप्त ११ थान प्रस्तावको मूल्याकंन उपसमितिबाट प्रतिवेदन लिएर अध्ययन गरी आफ्नो रायसहित सञ्चालक समितिमा पेस गर्नेदेखि अन्तिम भुक्तानी दिनेसम्मका जिम्मेवारीका कारण उनी मुख्य दोषी हुने व्याख्या फैसलामा गरिएको छ।

यस प्रकरणमा अख्तियारले दाबी गरेअनुसारै १ अर्ब ४७ करोड १० लाख ८५ हजार रूपैयाँ भ्रष्टाचार भएको विशेष अदालतले ठहर गरेको छ।तर, तत्कालीन राजनीतिक नेतृत्वलाई सफाइ दिएर कर्मचारी तहका पदाधिकारीलाई मात्र दोषी ठहर गरिएको छ।

निगमलाई कुल हानि नोक्सानी भएको बिगो रकमको दामासाहीले हुने १२ करोड २५ लाख ९० रूपैयाँ जरिवाना असुल्न फैसलामा उल्लेख गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?