एनआरएन इन्फ्रास्ट्रक्चरले ३ कम्पनीमा करिब १ अर्ब ३० करोड लगानी गर्ने

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले विभिन्न ३ वटा कम्पनी तथा आयोजनाहरूमा कुल १ अर्ब २९ करोड ९७ लाख ५० हजार रुपैयाँ लगानी गर्ने सैद्धान्तिक निर्णय गरेको छ ।

कम्पनीको २०८३ असोज २७ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले दुईवटा जलविद्युत आयोजना र एक केबल्स उद्योगमा उक्त रकम लगानी गर्ने निर्णय गरेको हो ।

कम्पनीले दुधकोशी–२ जलविद्युत आयोजनामा १ अर्ब रुपैयाँ लगानी गर्ने भएको हो । दुधकोशी हाइड्रोपावर नेपाल लिमिटेडले सोलुखुम्बु जिल्लामा प्रवर्द्धित ७० मेगावाट क्षमताको यस आयोजनामा १ करोड कित्ता सेयर बराबर १ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ ।

त्यस्तै छुजुङ खोला जलविद्युत आयोजनामा पनि लगानी गर्ने भएको छ । सानिगार्ड ऊर्जा लिमिटेडले प्रवर्द्धन गरेको ६३ मेगावाट क्षमताको जलविद्युत आयोजनामा कम्पानीले २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता सेयर लगानी गर्ने भएको हो ।

त्यस्तै अन्नपूर्ण राठी केबल्स इन्डस्ट्रिज लिमिटेडमा समेत कम्पनीले लगानी गर्ने भएको छ । मोरङको अन्नपूर्ण राठी केबल्स इन्डस्ट्रिजमा कम्पनीले २ लाख ८५ हजार कित्ता सेयर खरिद गर्ने ९ करोड ९७ लाख ५० हजार रुपैयाँ लगानी गर्ने भएको हो ।

धितोपत्र सूचीकरण नियमावली, २०७५ को नियम २२ बमोजिम कम्पनीले यस लगानीसम्बन्धी सैद्धान्तिक निर्णयको जानकारी नेप्से र नेपाल धितोपत्र बोर्डलाई गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?