लक्ष्मी सनराइज बैंकको नेतृत्व अब सुमेद भट्टराईले सम्हाल्ने

लक्ष्मी सनराइज बैंकको नेतृत्व अब सुमेद भट्टराईले सम्हाल्ने भएका छन्।

बैंकिङ क्षेत्रमा साढे दुई दशकभन्दा बढीको अनुभव हासिल गरेका भट्टराईलाई बैंक सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको हो।

बैंक सञ्चालक समितिको असोज २७ गते बसेको बैठकले भट्टराईलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। कम्पनी सचिव पियुषराज अर्यालका अनुसार उनको नियुक्ति कात्तिक १५ गतेदेखि लागू हुनेछ।

हालका सीईओ अजय विक्रम शाहको दोस्रो कार्यकाल पूरा हुन लागेसँगै बैंकले आन्तरिक व्यवस्थापनबाटै नयाँ नेतृत्व चयन गरेको हो।

भट्टराई यसअघि बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) का रूपमा कार्यरत थिए ।

भट्टराई सन् २००२ देखि लक्ष्मी सनराइज बैंकमा आबद्ध छन् । बैंकमा विभिन्न जिम्मेवारी सम्हाल्दै वरिष्ठ व्यवस्थापन तहसम्म पुगेका उनी अब बैंकको समग्र सञ्चालन र व्यावसायिक रणनीतिको नेतृत्व गर्ने जिम्मेवारीमा पुग्दै छन् ।

व्यवस्थापनमा स्नातकोत्तर (एमबीए) गरेका भट्टराईसँग बैंकिङ क्षेत्रको लामो अनुभव छ। उनले सन् १९९९ सेप्टेम्बरदेखि सन् २००१ सेप्टेम्बरसम्म तत्कालीन नेपाल इन्डोस्वीज बैंक (हाल नेपाल इन्भेष्टमेन्ट मेगा बैंक) मा काम गरेका थिए।

त्यसपछि उनी तत्कालीन पूर्वाञ्चल ग्रामीण विकास बैंकमा सञ्चालकको भूमिकामा रहे। सन् २००१ सेप्टेम्बरदेखि सन् २००२ सम्म उनले कुमारी बैंकमा पनि काम गरेका थिए।

लक्ष्मी सनराइज बैंकमै दुई दशकभन्दा बढी समय बिताएका भट्टराईको नियुक्तिसँगै बैंकले अनुभवी नेतृत्वलाई कार्यकारी जिम्मेवारी सुम्पिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?