नेपाल गुणस्तर परिषद्को ११३औँ बैठक सम्पन्न, ३ वटा बस्तु र १७ वटा परिक्षण विधि स्वीकृत

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको अध्यक्षतामा नेपाल गुणस्तर परिषद्को ११३ औ बैंठक सिंहदरबारमा सम्पन्न भएको छ ।

बैठकबाट नयाँ १७ वटा नेपाल गुणस्तर र ३ वटा हाल कायम रहेका नेपाल गुणस्तर परिमार्जन गर्ने प्रस्ताव स्वीकृत गरिएको छ । हाल विकसित नयाँ प्रविधि र उच्च गुणस्तरका सामाग्रीको बजारको मागका आधारमा हाल कायम रहेको NS 80:2042. Hume Pipe लाई परिमार्जन गरिएको नेपाल गुणस्तर NS 80:2081 पारित भएको हो ।

साथैLaminated Woven Sack (block button valve) र घरायासी प्रयोजनमा आउने UPVC Pipe fitting को नेपाल गुणस्तरमा समेत परिमार्जन गरिएको छ ।

यसैगरी गरगहना, पानी र माटो परिक्षणसंग सम्बन्धित ISO बाट निर्धारित अन्तर्राष्ट्रिय गुणस्तर अनुरुप परिक्षण विधिका गुणस्तरहरु समेत उक्त बैठकबाट स्वीकृत भएका छन् ।

मन्त्री भण्डारीले यस बाहेक अन्य सामग्रीको समेत गुणस्तर निर्धारण गर्नुपर्ने बताउनुभएको छ । हाल चलनचल्तीमा रहेका बाहेक ठुला साइजका ग्यास सिलिण्डरहरुको नेपाल गुणस्तर तयार गर्न उहाँले विभागलाई दिर्नेशन दिनुभयो । उहाँले निर्यात प्रर्वधन हुने अन्य सामग्रीहरुको अध्ययन गरि मापदण्डहरु कायम गर्न निर्देशन दिनुभएको हो ।

नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशकको संयोजकत्वमा रहेको प्राविधिक समितिबाट पारित मस्यौदा नेपाल गुणस्तर परिषदबाट स्वीकृत भए पश्चात उक्त गुणस्तर नेपाल गुणस्तरको रुपमा मान्यता पाउने व्यवस्था छ । परिषदमा उपाध्यक्षको रुपमा उद्योग, वाणिज्य तथा आपूर्ति सचिव (उद्योग) उपाध्यक्ष र विभागका महानिर्देशक सदस्य सचिव रहने व्यवस्था छ ।

साथै अन्य मन्त्रालयहरु, विश्वविद्यालयका प्रतिनिधिरु, विज्ञहरु र निजी क्षेत्रका प्रतिनिधीहरु समेत परिषदमा सदस्य रहने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

यूटीएलको लाइसेन्स खारेजीसँगै सम्पत्ति रोक्का

घरजग्गा एक्स्पो हुँदै : छानी–छानी घर तथा जग्गा खरिद गर्न सकिने

पुर्वाधार आयोजनासँग सम्बन्धित मुद्दा ९० दिनभित्र टुंग्याउनुपर्ने

जीडब्ल्यूएमका विद्युतीय सवारीसाधन (ईभी) प्रति ग्राहकको आकर्षण

‘लस एन्ड ड्यामेज कोष’ ले नेपाललाई जवाफ दिँदै भन्यो– ‘जतिसक्दो चाँडो सहयोग गछौँ’

छुटाउनुभयो कि ?