नीतिगत भ्रष्टाचारमा चुर्लुम्म डुब्दै ओली सरकार

ओली सरकारले राज्यलाई ठूलो नाेक्सानी हुने गरि दूरसञ्चार नियमावली संशोधन गरेको छ ।

जीएसएम सेलुलर मोबाइल सेवाको लाइसेन्स बापत वार्षिक ४ अर्ब रुपैयाँ (५ वर्षमा २० अर्ब) बुझाउँदै आएका टेलिकम कम्पनीले अब २१ करोड बुझाए पुग्ने गरि नीतिगत प्रबन्ध सरकारले गरेकोे छ ।

यसबाट खासगरी जीएसएम सेलुलर मोबाइल सेवाको लाइसेन्स लिएका नेपाल टेलिकम र एनसेल जस्ता टेलिकम कम्पनीहरूलाई फाइदा पुग्ने भएको छ । त्यसो त २७ वैशाख २०८१ को मन्त्रीपरिषद् बैठकले नेपाल टेलिकमलाई २१ करोडमै पाँच वर्षका लागि पुनः अनुमतिपत्र प्रदान गर्ने निर्णय लिएको थियो ।

अब भने सो सहुलियतको सुविधा अन्य कम्पनीहरूले समेत पाउने गरी नियमावली नै संशोधन गरिएको हो । यति मात्र नभई सो २१ करोड शुल्कमा १० वर्षसम्म कम्पनीहरूले ढुक्कसँग चलाउन पाउन सक्ने सम्मको सुविधा समेत नियमावलीबाट जुटाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

‘व्यवसायीलाई नै विद्युतीय सवारीको ब्याट्री व्यवस्थापन गर भन्नु अव्यावहारिक’

एनसेलको सेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश

एनसेलकाे बदमासी छताछुल्ल, बालेन सरकारले कडा एक्सन लिँदै

माउन्टेन इनर्जीको नाफा ७९.७० करोड

बैंकहरूले सस्तो ब्याजदरको अटो कर्जा योजना ल्याए

छुटाउनुभयो कि ?