नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सोमबार हालसम्मकै उच्च विन्दु कायम भएको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ५९ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । उक्त मूल्य पार गर्दै सोमबार नयाँ रेकर्ड कायम भएको हो । आइतबारको तुलनामा आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ ।

चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला एक हजार ९२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

एक वर्षमा १२ लाख ९ हजार विदेशी पर्यटक नेपालमा आए

छुटाउनुभयो कि ?