स्टार्टअप कर्जा वितरणका लागि समझदारी

नेपाल सरकारले १ अर्ब रुपैयाँ रकम स्टार्टअप कर्जाको रुपमा प्रदान गर्ने भएको छ ।

स्टार्टअप कर्जा प्रवाहका लागि औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर कार्यक्रम सम्मपन्न भएको छ ।

आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको समझदारी भएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालमा नै केही गर्न प्रोत्सान गर्नका लागि १ अर्ब स्टार्टअप कर्जा वितरणको लागि सम्झौता भएको बताए ।

उनले भने, ‘नेपालमा नै उद्योग व्यवसायी सञ्चालन गर्नका लागि सरकारले बजेट मार्फत नै १ अर्ब रुपैयाँ पैसा स्टार्टअप व्यवसाय गर्नको लागि दिने व्यवस्था गरेको थियो । त्यही व्यवस्था अनुसार मन्त्रालयमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । स्टर्टअफको लागि केही समय पहिले नै सूचना निकालेको थियो । त्यसै अनुसार कर्जा प्रभाव गर्नका लागि आज सम्झौता गरेका हौं ।’

उद्योग सचिव कृष्णबहादुर राउतले नेपालमा नै रोजगारी र उत्पादन वृद्धि गर्नको लागि सरकारले स्टार्टअप कर्जा प्रभाव गरिरहेको बताए ।

यो समझदारीसँगै औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको सिफारिसमा स्टार्टअप कर्जा राष्ट्रिय वाणिज्य बैंकले दिने छ । राष्ट्रिय वाणिज्य बैंकले परियोजनाको प्रकृतिको आधारमा ५ लाखदेखि अधिकतम २५ लाख रुपैयाँसम्म स्टार्टअप उद्यम कर्जा प्रदान गर्नेछ । बैंकले कर्जा प्रवाह गर्दा स्वीकृत व्यवसाय वा परियोजना नै धितोको रुपमा राख्नेछ ।

कृषि तथा पशुपन्छीसँग सम्बन्धित, वन पैदावारसँग सम्बन्धित, पर्यटन प्रवर्द्धन तथा मनोरञ्जन र अतिथि सत्कारसँग सम्बन्धित, विज्ञान, प्रविधि, सूचना तथा सञ्चारसँग सम्बन्धित, अटो मोबाइल सम्बन्धित, परम्परागत प्रविधि, उत्पादन र सेवा प्रवाहको प्रक्रिया सुधारसँग सम्बन्धित, घरायसी वा दैनिक जीवनयापनसँग सम्बन्धित, खाद्य उत्पादन तथा प्रशोधनसँग सम्बन्धित लगात विभिन्न क्षेत्रलाई स्टार्टअप कर्जा प्रदान हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

एक वर्षमा १२ लाख ९ हजार विदेशी पर्यटक नेपालमा आए

छुटाउनुभयो कि ?