१९ अर्ब नवीकरण दस्तुर तिर्न एनसेललाई दूरसञ्चार प्राधिकरणको ताकेता, नतिरे लाइसेन्स खारेज गरिने

नेपाल दूरसञ्चार प्राधिकरणले नवीकरण दस्तुर तिर्न एनसेललाई पत्राचार गरेको छ । प्राधिकरणले हालै एनसेललाई पत्र लेख्दै थप दस्तुरसहित करिब १९ अर्ब रुपैयाँ तिर्न पत्राचार गरेको हो ।

एनसेलले मोबाइल लाइसेन्सको तेस्रो नवीकरणका लागि जेठमा प्राधिकरणलाई भ्याटसहित ४ अर्ब रुपैयाँ बुझाएको थियो । त्यसबेला एनसेलले किस्ता सुविधा दिन माग गरे पनि प्राधिकरणले अहिले एकमुष्ट बुझाउन भनेको छ ।

एनसेलले भने सरकारी स्वामित्वको नेपाल टेलिकमले पाएको जस्तै किस्ताबन्दी सुविधा माग गरेको थियो । प्राधिकरणले भने किस्ताबन्दी सुविधा दिने विषयमा आफ्नो क्षेत्राधिकारमा नपर्ने जवाफ एनसेललाई दिएको छ ।

प्राधिकरणले एनसेललाई २०६१ भदौ १६ गते जीएसएम सेलुलर मोबाइलको लाइसेन्स दिएको थियो । एनसेलको दोस्रो लाइसेन्सको अवधि २०८१ भदौ १५ मा सकिँदैछ ।

दूरसञ्चार नियमावली २०५४ अनुसार अनुमति पत्र सकिनु तीन महिनाअघि नै प्राधिकरणमा नवीकरणका लागि निवेदन दिनुपर्ने व्यवस्था छ । त्यसैअनुसार एनसेलले जेठमा ४ अर्ब तिरेर किस्ताबन्दीको सुविधा माग गर्दै नवीकरणका लागि आवेदन दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

जीडब्ल्यूएमका विद्युतीय सवारीसाधन (ईभी) प्रति ग्राहकको आकर्षण

‘लस एन्ड ड्यामेज कोष’ ले नेपाललाई जवाफ दिँदै भन्यो– ‘जतिसक्दो चाँडो सहयोग गछौँ’

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

बाढीपछिको पुनर्निर्माण गर्न ७ खर्ब २३ अर्ब बढी लाग्ने आकलन

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

छुटाउनुभयो कि ?