अत्याधुनिक सुविधासम्पन्न भवनबाट नेशनल लाइफको सेवा सुरु

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालगञ्जस्थित सुर्खेत रोडमा अत्याधुनिक सेवा सुविधासहितको नयाँ भवनबाट आफ्नो सेवा सुरु गरेको छ । नेशनल लाइफले हालै उक्त भवन निर्माण सम्पन्न गरेको हो ।

कम्पनीको अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले निर्माण सम्पन्न भवन उद्घाटन गरेकी हुन् । हिन्दु विधि अनुसार नयाँ भवनको उद्घाटन समारोहमा कम्पनीका संचालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत लगायत उच्च पदस्थ कर्मचारीहरु सहित वरिष्ठ अभिकर्ताहरुको सहभागिता थियो ।

समारोहमा अध्यक्षले कम्पनीको यो भवन लुम्बिनी प्रदेशकै व्यापारिक हव बन्न सहयोग पुग्ने र यस भवनमा कम्पनीको कार्यालयको अतिरिक्त अन्य व्यापारिक कार्यालयहरु समेत सञ्चालन गरिने योजना रहेको बताइन् ।

समारोहमा सहभागी वरिष्ठ अभिकर्ताहरुले आफ्नो क्षेत्रमा कम्पनीको अत्याधुनिक भवन निर्माण सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै भवन निर्माणबाट यस क्षेत्रको बीमा व्यवसाय प्रवर्द्धन हुने विश्वास व्यक्त गरेका थिए ।

७२ अर्बभन्दा बढी जीवन बीमाकोष रहेको देशकै ठूलो बीमा कम्पनीमध्येको एक नेशनल लाइफ इन्स्योरेन्सले नियामक निकाय नेपाल बीमा प्राधिकरणको स्वीकृतिमा भवन निर्माण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

समस्याग्रस्त सहकारीका ११ हजार बचतकर्ताले पाए ७१ करोड

एक वर्षमा १२ लाख ९ हजार विदेशी पर्यटक नेपालमा आए

छुटाउनुभयो कि ?