अर्बपति व्यवसायी विनोद चौधरीको वाईवाईले एक वर्षमा ११ अर्बकाे व्यापार गर्याे

समाचार सारांश
Auto Generated by AI
  • सीजी फुड्सले एक वर्षमा ११ अर्ब ३५ करोड रुपैयाँको व्यापार गरेको छ।
  • वाईवाई चाउचाउले कम्पनीको कुल कारोबारमा ७५ प्रतिशत योगदान दिएको छ।
  • कम कारोबार र नाफा भए पनि कम्पनीको वित्तीय अवस्था र ऋण तिर्ने क्षमता निकै बलियो छ।

वाईवाई चाउचाउ उत्पादन तथा विक्री गर्ने सीजी फुड्स नेपालले एक वर्षमा ११ अर्ब ३५ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ ।

अर्बपति व्यवसायी विनोद चौधरीको चौधरी ग्रुप अन्तर्गतको यो कम्पनीले वाईवाई चाउचाउसहित रियो र क्विक्स ब्रान्डमा खाद्य सामाग्री उत्पादन तथा वितरण गर्छ । यही कम्पनीले एकैवर्षमा करिब १२ अर्ब रुपैयाँको सामाग्री विक्री गरेको हो ।

१२ अर्बको व्यापारमध्ये तीनचौथाई (करिब ७५ प्रतिशत) वाईवाईको मात्र छ । कम्पनीले क्रेडिट रेटिङ एजेन्सी इक्रालाई उपलब्ध गराएको जानकारीअनुसार सीजी फुड्सले सन् २०२३ मा १२ अर्ब ५१ करोड, २०२४ मा ११ अर्ब ६७ करोड र २०२५ मा ११ अर्ब २५ करोडको व्यापार गरेको छ ।

सीजी फुड्सको देशभर अन्य ३ सब्सिडियरी कम्पनी पनि छन् । सबैको व्यापार हिसाब गर्दा पछिल्लो वर्ष कुल व्यापार २.७२ प्रतिशतले घटेको देखिन्छ ।

गत आर्थिक वर्षको कुल ११ अर्ब ३५ करोड रुपैयाँको व्यापारमध्ये सञ्चालन नाफा ६.६ प्रतिशत छ ।

कम्पनीको प्रमुख कच्चा पदार्थहरुको मूल्य अन्तर्राष्ट्रिय वस्तु बजारमा निर्भर, माग र आपूर्तिको अवस्था, भूराजनीतिक घट्नाक्रम तथा विदेशी विनिमय दरमा हुने उतारचढावले अस्थिर हुने गर्छ । जसले गर्दा कम्पनीको नाफा पनि अस्थिर रहँदै आएको छ ।

कम्पनीको कारोबार र नाफा मार्जिनमा कमी आए पनि कम्पनीको वित्तीय अवस्था निकै सकारात्मक देखिन्छ । गत आवमा सीजी फुड्सको ऋणभार न्यून छ । गत आवमा कम्पनीको समग्र गियरिङ अनुपात ०.२ गुणा रहेको छ । अर्थात् पुँजीको तुलनामा ऋण २० प्रतिशतमात्र हो ।

कम्पनीको ब्याज भुक्तानी क्षमतामा उच्च देखिन्छ । गत आवमा ब्याज भुक्तानी क्षमता अर्थात् इन्टरेस्ट कभरेज रेसियो १५.१ गुणा रहेको छ । अर्थात् उसको सञ्चालन नाफा वार्षिक ब्याजको १५ गुणा बढी छ । यस्तै कम्पनीको कर्जा सेवा भुक्तानी क्षमता (डेट सर्भिस कभरेज रेसियो) ११.८ गुणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

एक वर्षमा १२ लाख ९ हजार विदेशी पर्यटक नेपालमा आए

छुटाउनुभयो कि ?