नागरिक लगानी कोषका सहभागीदेखि कर्मचारीसम्मलाई शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा छूट

नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीहरूलाई शहीद गंगालाल राष्ट्रिय ह्दय केन्द्र्रको पेइङ क्लिनिक, शिल्भर, गोल्डन र प्लेटेनियम कर्पोरेट कार्डियक प्याकेजमा १० प्रतिशत छुट उपलब्ध हुने भएको छ ।

सो छुट सम्बन्धी सम्झौतामा आइतबार कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र केन्द्रका कार्यकारी निर्देशक डा.रबी मल्लले हस्ताक्षर गुर्न भएको हो ।

सम्झौतासँगै अब कोषका सदस्य, सहभागी, सेयरधनी, कर्मचारीले उक्त छुट पाउनु हुनेछ । छुटको लागि कोषको परिचय पत्र वा सहभागी परिचय पत्र अनिवार्य पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?