सुनको भाउ तोलामा २८०० रुपैयाँले घट्यो

काठमाडौं । सुनको भाउ ह्वात्तै घटेको छ । मंगलबार छापावाला सुनको भाउ तोलामा २ हजार ८०० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन अर्थात् गत बिहीबार (कात्तिक १५ गते) १ लाख ७१ हजार रुपैयाँ कायम भएको थियो । जुन हालसम्मकै उच्च पनि हो । तर, आज भने घटेर १ लाख ६८ हजार २०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

साताको पहिलो कारोबार दिन चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी तोलामा ६० रुपैयाँ घटेर २ हजार ३० रुपैयाँ कायम भएको छ । यसअघि भने २ हजार ९० रुपैयाँमा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?