ग्यालेक्सी फोरके टेलिभिजन खोल्नुअघि एपीवान टेलिभिजनमा व्यावसायिक साझेदार थिए जीबी राई (प्रमाणसहित)

सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राई गोरखा मिडिया नेटवर्कद्वारा सञ्चालित ग्यालेक्सी फोरके टेलिभिजन खोल्नुअघि एपीवान टेलिभिजनमा व्यावसायिक साझेदार रहेको खुलेको छ।

सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदनमा उनले अन्नपूर्ण मिडिया नेटवर्कद्वारा सञ्चालित एपीवान टलिभिजनमा उपाध्यक्षको हैसियतमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापासँग व्यावसायिक साझेदारी गरेको उल्लेख छ।

एपीवान टेलिभिजनमा काठमाडौँको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीबाट कर्जासमेत प्रवाह भएको थियाे। २०७३ चैतबाट प्रसारण सुरू भएको एपीवान टेलिभिजनकाे कतारमा भएको एक कार्यक्रममा उपाध्यक्षको हैसियतमा भाग लिएको भिडियो अहिले पनि सार्वजनिक रूपमा उपलब्ध छ।

प्रतिवेदनमा भनिएको छ, ‘संवत् २०७३ चैतबाट प्रसारण सुरू भएको एपीवान टेलिभिजनमा सुरूमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापासँग व्यावसायिक साझेदारीमा गितेन्द्रबाबु राई देखिएका थिए। राई एपीवान टेलिभिजनको कतारमा भएको एक कार्यक्रममा उपाध्यक्षको हैसियतमा भाग लिएको भिडियो अहिले पनि सार्वजनिक रूपमा उपलब्ध छ। त्यत्तिबेला नै काठमाडौँको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लि. बाट एपीवानमा कर्जासमेत प्रवाह भएको देखिन्छ।’

थापासँग कुरा नमिलेपछि आफै नयाँ टेलिभिजन सञ्चालन गर्नका लागि उनी रवि लामिछानेको सम्पर्कमा पुगेका थिए। राईले एपीवानबाट निस्किँदा त्यहाँका मार्केटिङ प्रमुखलाई समेत ग्यालेक्सी फोरकेमा लिएर गएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?