कजारिया रमेश टायल्सले धनगढीमा राठी इन्टरप्राइजेजद्वारा सञ्चालित कजारिया ग्यालेक्सी शोरुमको उद्घाटन गरेको छ । यो अत्याधुनिक शोरुम पश्चिम नेपालमा सबैभन्दा ठूलो रहेको कम्पनीको दाबी छ ।
उक्त शोरुमको गौरीशंकर राठी र महालक्ष्मी देवी राठीले दीप प्रज्वलन गरी उद्घाटन गरे । कार्यक्रममा सुरेन्द्र राठी, कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल, कजारिया रमेश टायल्स लिमिटेडका कन्ट्री म्यानेजर प्रवीण सिंह, धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल र धनगढी उपमहानगरपालिका– ४ का अध्यक्ष बुद्धिबहादुर खड्कासहित स्थानीयवासी, उद्योग व्यवसायीहरू र सम्मानित व्यक्तित्वहरूको उपस्थिति थियो ।
धनगढीको मुख्य सडकमा अवस्थित २५०० वर्ग मिटरको राठी इन्टरप्राइजेजद्वारा सञ्चालित कजारिया ग्यालेक्सी शोरुम आधुनिक डिजाइनका टायल्सहरूका लागि प्रमुख गन्तव्य बन्ने अपेक्षा गरिएको छ । यस शोरुमले स्थानीय अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने र रोजगारीका नयाँ अवसरहरू सिर्जना गर्नुका साथै यस क्षेत्रको समग्र विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
कजारिया रमेश टायल्सका निर्देशक हिमांशु अग्रवालले भने, ‘राठी इन्टरप्राइजेजद्वारा सञ्चालित धनगढीमा कजारिया ग्यालेक्सी शोरुमले पश्चिम नेपालका ग्राहकहरूलाई उच्चतम गुणस्तरका टायलहरू उपलब्ध गराउनेछ । यसले हाम्रो उत्कृष्टता प्रतिको समर्पण र टायल किनमेलको अनुभवलाई पुन: परिभाषित गर्ने हाम्रो दृष्टिकोणलाई प्रतिबिम्बित गर्दछ ।’
कजारिया रमेश टायल्स लिमिटेड नेपालको एक प्रमुख व्यापारिक समूह रमेश कर्प र भारतको नम्बर १ टायल कम्पनी कजारिया सेरामिक्स लिमिटेडबीचको संयुक्त उत्पादन हो । कम्पनीले नेपालभर डिजिटल भिट्रिफाइड ग्लेज्ड टाइल्सहरू बिक्री गर्छ । कजारिया रमेश टायल्सले उच्चतम गुणस्तर र शिल्पकला पूरा गर्ने भव्य, उत्कृष्ट र डिजाइनर टायल्सहरू प्रदान गर्ने प्रतिष्ठा आर्जन गरेको छ ।

