पर्यटन आगमनले चन्द्रागिरि हिल्सको नाफामा सुधार : खुद नाफा करिब ३ करोड

चन्द्रागिरि हिल्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले असोजसम्म २ करोड ८३ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो नाफा १ करोड २४ लाख ३१ हजार रुपैयाँ घाटामा थियो।

कम्पनीको सञ्चालन आम्दानीमा पनि उल्लेख्य वृद्धि भएको छ। गत आर्थिक वर्षको पहिलो तीन महिनामा १३ करोड ८७ लाख रुपैयाँ रहेको सञ्चालन आम्दानी चालु वर्षको सोही अवधिमा ३७।४२ प्रतिशतले बढेर १९ करोड ६ लाख रुपैयाँ पुगेको छ। त्यस्तै कम्पनीको कुल नाफा २२।९० प्रतिशतले बढेर १४ करोड २३ लाख रुपैयाँ कायम भएको छ।

आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकआगमनमा भएको वृद्धिले पर्यटकीय गतिविधि विस्तार हुनुका साथै आम्दानी र नाफामा सुधार आएको हो। पर्यटकको संख्या बढेसँगै कम्पनीको व्यावसायिक गतिविधिमा सकारात्मक प्रभाव परेको देखिन्छ।

नाफामा सुधार आएसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि ऋणात्मक अवस्थाबाट बढेर १ रुपैयाँ ७६ पैसा पुगेको छ। गत वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी ऋणात्मक ८१ पैसा थियो।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ५ प्रतिशतले बढेर १ अर्ब ६१ करोड ७ लाख रुपैयाँ पुगेको छ। रिजर्भ तथा सरप्लस १४.३९ प्रतिशतले बढेर ११ करोड ९३ लाख रुपैयाँ पुगेको छ भने कुल सम्पत्ति १०।४६ प्रतिशतले वृद्धि भई ४ अर्ब १४ करोड रुपैयाँ कायम भएको छ। कम्पनीको दीर्घकालीन ऋणसमेत ६.७५ प्रतिशतले बढेर १ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

तीन महिनामा उद्योग क्षेत्रमा एक खर्ब लगानी प्रस्ताव

दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

भारत भ्रमणमा बालेनको प्राथमिकता व्यापार र लगानी : दिल्लीमा बिजनेस फोरम

छुटाउनुभयो कि ?