सेन्चुरी ग्रुपअन्तर्गतको सेन्चुरी स्पाइसेज एन्ड स्न्याक्सले नेपाली उपभोक्तालाई लक्षित गर्दै सेन्चुरी चाउचाउ बजारमा उपलब्ध गराएको छ।
लामो समयदेखि मसला तथा स्न्याक्स उत्पादनमार्फत आफ्नो छुट्टै पहिचान बनाएको सेन्चुरी ब्रान्डले तयारी चाउचाउको बजारमा थप शक्तिशाली बनाउने गरी रणनीति बनाएको छ।
नयाँ उत्पादनको प्रवर्द्धनका लागि काठमाडौं उपत्यकाका भाटभटेनी सुपरमार्केटमा पाउने भएको छ। जसमा बौद्ध, नक्साल, महाराजगञ्ज र ललितपुरका भाटभटेनी शाखामा विशेष स्टल सञ्चालन गरिएको छ।
सेन्चुरी ब्रान्डले उत्पादनको गुणस्तर, स्वाद र उपभोक्ताको विश्वासलाई प्राथमिकतामा राख्दै नेपाली बजारमा आफ्नो उपस्थितिलाई निरन्तर विस्तार गर्दै आएको बताएको छ।
कम्पनीका अनुसार बजारमा प्रतिस्पर्धा बढ्दै गइरहेका बेला उपभोक्ताको बदलिँदो रुचिलाई ध्यान दिँदै उत्पादनमा नवीनता ल्याउने भएको हो। सेन्चुरी ग्रुप नेपालको औद्योगिक तथा व्यावसायिक क्षेत्रमा लामो समयदेखि सक्रिय व्यवसायिक समूह हो।

