पहिलो त्रैमासमा १६ अर्बको विद्युत् निर्यात : भारततर्फ क्षमता बढ्यो

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालले विद्युत् निर्यातबाट १६ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेको छ ।

भारततर्फको निर्यात क्षमता १ हजार १७९ मेगावाट पुगेको छ भने बाढीका कारण रोकिएको बङ्गलादेशतर्फको ४० मेगावाट विद्युत् निर्यात पुनः सुचारु भएको छ ।
असोज महिनामा मात्रै नेपालले भारततर्फ ६३ करोड ३९ लाख युनिट विद्युत् निर्यात गरी ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँको कारोबार गरेको छ ।
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामै विद्युत् निर्यातबाट १६ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पछिल्लो १५ दिनको कार्यप्रगति सार्वजनिक गर्दै यस्तो जानकारी दिएको छ । मन्त्रालयको पछिल्लो विवरण अनुसार भारततर्फको निर्यात क्षमतामा थप वृद्धि भएको छ भने बाढीका कारण रोकिएको बङ्गलादेशतर्फको निर्यात पनि सुचारु भएको जनाएको छ ।

मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिना साउन, भदौ र असोजमा विद्युत् निर्यातबाट १६ अर्ब १५ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसमध्ये असोज महिनामा मात्रै नेपालले भारततर्फ ६३ करोड ३९ लाख युनिट विद्युत् निर्यात गरेको छ । असोज महिनामा गरिएको यो निर्यातबाट मात्रै प्राधिकरणले ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको ऊर्जा मन्त्रालयले जनाएको छ ।

नेपालले भारतको बजारमा थप विद्युत् पठाउने अनुमति पाएको छ । मन्त्रालयका अनुसार भारतबाट थप ३१ मेगावाट विद्युत् निर्यात गर्ने अनुमति प्राप्त भएको छ । यो नयाँ स्वीकृति प्राप्त भएसँगै अब भारततर्फ विद्युत् निर्यातका लागि नेपालको कुल क्षमता करिब १ हजार १७९ मेगावाट पुगेको छ ।

केही समयअघि आएको बाढीका कारण अवरुद्ध भएको बङ्गलादेशतर्फको विद्युत् निर्यात पनि फेरि सुरु भएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार, बाढीका कारण रोकिएको बङ्गलादेशतर्फको ४० मेगावाट विद्युत् निर्यात पुनः सुचारु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

पर्यटन आगमनले चन्द्रागिरि हिल्सको नाफामा सुधार : खुद नाफा करिब ३ करोड

तीन महिनामा उद्योग क्षेत्रमा एक खर्ब लगानी प्रस्ताव

दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

भारत भ्रमणमा बालेनको प्राथमिकता व्यापार र लगानी : दिल्लीमा बिजनेस फोरम

छुटाउनुभयो कि ?