जलविद्युत् लाइसेन्सको नियमित अनुगमन गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले लाइसेन्स लिएका जलविद्युत् आयोजनाहरुको कामको नियमित अनुगमन गर्न मातहत निकायलाई निर्देशन दिएका छन्।

मन्त्री श्रेष्ठले लाइसेन्स लिएका जलविद्युत आयोजनाहरुको कामको फ्लोअप गर्ने प्रणाली विकास गर्न कर्मचारीहरुलाई निर्देशन दिएका हुन्।

‘मैले एउटा एकदम ठूलो ग्याप के पाएभन्दा विभागको जिम्मेवारी लाइसेन्स दिनेसम्म मात्र रहेछ, लाइसेन्स लिएर त्यसपछि के गरेको छ? कम्युनिटी सपोर्ट प्रोग्राम गरेको छ कि छैन? सीएसआरहरु गरेको छ कि छैन? कम्प्लायन्सहरु पालना गरेको छ कि छैन? किनकि लाइसेन्स दिनेले त त्यो रेस्पोन्सिबिलिटी पनि क्यारी त गर्नुपर्‍यो’, मन्त्री श्रेष्ठले भने।

मन्त्री श्रेष्ठले पहिला स्रोतहरु वा प्रणाली नभए पनि अब बनाउनुपर्ने बताए। यसलाई विद्युत नियमन आयोग सक्रिय हुनुपर्ने उनको भनाइ थियो।

‘त्यो भनेको बरु इआरसीसहित एक्टिभ भएर गर्ने हो । किनभन्दा विभागमा आउनुपर्ने गुनासो पनि मन्त्रालयमा आइराछ र त्यसैले हामीले प्रणाली सक्रिय गर्नुपर्नेछ’, उनले भने।

मन्त्री श्रेष्ठले मन्त्रालयका सचिव डा. जगदिश्वर कर्माचार्यलाई विद्युत नियमन आयोगमार्फत नियमित अनुगमनको प्रणाली विकास गर्न निर्देशन दिए।

टिप्पणी फाइलहरूमा पर्याप्त कानुनी आधारहरु राख्न निर्देशन
मन्त्री श्रेष्ठले मन्त्रालय मातहत निकायबाट आउने टिप्पणी फाइलहरुमा पर्याप्त कानुनी आधारहरु नहुने गरेको भन्दै ध्यान दिन पनि निर्देशन दिए।

‘मलाई एउटा दुख लागेको कुरा मन्त्रालयमा टिप्पणीहरु उठ्दा, निर्णयहरु आउँदा कानुनी आधारहरु नै पर्याप्त हुँदैन। के गर्ने भन्ने कुराको एउटा कार्यकारी हिसाबले हामीले यो जिम्मेवारी बहन गर्दै गर्दा खेरि त्यो गर्ने कि नगर्ने भन्ने कुराको मार्गदर्शन नै मलाई पर्याप्त भइराखेको छ। यसमा मेरो अनुरोध केभन्दा त्यो स्पष्ट हुनुपर्यो । अब १२ वर्ष अगाडि देखिको फाइल आउँछ, चार वर्षदेखि अगाडिको आउँछ। त्यसको विषयको गम्भीरता मैले बुझेको हुँदैन। त्यसमा गर्ने के हो, कतिखेरको घटनाक्रम, के हो, किन भएको, किन गर्ने, किन नगर्ने? यस्ता आधार त हुनुपर्‍यो नि’, उनले भने।

अबदेखि टिप्पणी उठाउँदा छरितो हिसाबले गर्न निर्देशन दिए। सरकारले छरितो प्रक्रियाका लागि नीति पनि ल्याएको उल्लेख मन्त्री श्रेष्ठले तीनवटाभन्दा बढी टिप्पणी नल्याउन निर्देशन दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?