‘एभरेष्ट कफी बिन्स’को पहिलो फ्रेन्चाइज सञ्चालन

समाचार सारांश
Auto Generated by AI
  • संकल्प इन्भेष्टमेन्टले एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज लिँदै अनामनगरमा नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ।
  • एभरेष्ट ग्रुपले अब औपचारिक रूपमा फ्रेन्चाइज विस्तार गर्दै थप पाँच वटा फ्रेन्चाइज शुल्क नलिई उपलब्ध गराउने घोषणा गरेको छ।
  • न्यूनतम २० लाख लगानीमा सुरु गर्न सकिने यो कफी आउटलेटको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भने मूल कम्पनीले नै लिनेछ।

संकल्प इन्भेष्टमेन्ट प्रालिले ‘एभरेष्ट कफी बिन्स’को पहिलो फ्रेन्चाइज लिएको छ। कम्पनीले आफ्नो पहिलो लगानीका रूपमा ‘एभरेष्ट कफी बिन्स’को फ्रेन्चाइज सञ्चालनमा ल्याएको हो।

एभरेष्ट ग्रुप अफ कम्पनीजले सञ्चालन गर्दै आएको ‘एभरेष्ट कफी बिन्स’ले पहिलो पटक फ्रेन्चाइज बिक्री सुरु गरेको हो। सोहीअन्तर्गत संकल्प इन्भेष्टमेन्टले काठमाडौंको अनामनगरस्थित सिंहदरबार पूर्वीगेटमा नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ। उक्त आउटलेटको शुक्रबार औपचारिक उद्घाटन गरिने जनाइएको छ।

यो ‘एभरेष्ट कफी बिन्स’को पहिलो फ्रेन्चाइज तथा सातौं आउटलेट हो। आउटलेटमा संकल्प इन्भेष्टमेन्टको लगानी रहे पनि सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी भने एभरेष्ट ग्रुप अफ कम्पनीजले नै लिने जनाएको छ।

संकल्प इन्भेष्टमेन्टका अध्यक्ष कृष्ण अर्यालले गुणस्तर र सेवाका आधारमा ‘एभरेष्ट कफी बिन्स’ रोजिएको बताए। “गुणस्तर र सेवाका कारण हामीलाई एभरेष्ट कफी बिन्स उत्कृष्ट लाग्यो। त्यसैले हाम्रो समूहको पहिलो लगानीका रूपमा यसको फ्रेन्चाइज लिएका हौं,” उनले भने, “आगामी दिनमा अन्य स्थानमा पनि फ्रेन्चाइज विस्तार गर्ने योजना छ।”

एभरेष्ट ग्रुप अफ कम्पनीजका अध्यक्ष प्रेम सेन सुनारले कम्पनीले अब औपचारिक रूपमा फ्रेन्चाइज विस्तार सुरु गरेको जानकारी दिए। लगानीकर्तालाई प्रोत्साहन गर्न थप पाँच वटा फ्रेन्चाइज निःशुल्क उपलब्ध गराइने उनले बताए।

“हामीले एभरेष्ट कफी बिन्सको फ्रेन्चाइज दिन सुरु गरेका छौं। लगानीकर्तालाई हौसला दिन थप पाँच वटा फ्रेन्चाइज शुल्कबिना उपलब्ध गराउनेछौं,” उनले भने, “सञ्चालन तथा व्यवस्थापनको काम पनि हामी आफैंले गर्नेछौं।”

उनका अनुसार न्यूनतम २० लाख रुपैयाँ लगानीमा कम्पनीको मापदण्डअनुसार ‘एभरेष्ट कफी बिन्स’को आउटलेट सञ्चालन गर्न सकिनेछ।

हाल सात वटा आउटलेट सञ्चालन गरिरहेको एभरेष्ट ग्रुप अफ कम्पनीजले अब आठौं आउटलेट कलंकीमा विस्तार गर्ने तयारी गरिरहेको छ। कम्पनीले २०८० चैत १९ गते काठमाडौंको मैतीदेवीमा पहिलो आउटलेट स्थापना गरेको थियो। त्यसपछि जावलाखेल, अनामनगर, सेतोपुल, कालीमाटी र दरबारमार्गमा आउटलेट विस्तार गरिएको थियो। पछिल्लो आउटलेट अनामनगरको सिंहदरबार पूर्वीगेटमा सञ्चालनमा आएको हो।

एभरेष्ट कफी बिन्समा कफीसँगै विभिन्न बेकरी आइटम तथा खाजाका परिकार उपलब्ध हुनेछन्। एभरेष्ट ग्रुपले कफी तथा हस्पिटालिटी क्षेत्रमा लगानी गर्नुका साथै तालिमसमेत सञ्चालन गर्दै आएको छ। कम्पनीले रोस्टेड कफी बिन्स आयात तथा व्यापार गर्दै स्वदेशी बजारमा आपूर्ति गरिरहेको जनाएको छ।
एभरेष्ट ग्रुपले ‘एभरेष्ट कफी बिन्स प्रालि’ स्थापना गरी चितवन, पोखरा र बुटवलमा डिलर नेटवर्क विस्तार गरेको छ। कम्पनीका अनुसार हाल देशभर ४०० भन्दा बढी कफी सप तथा रेष्टुरेन्टमा कफी आपूर्ति भइरहेको छ।

साथै, नेपाली किसानबाट उचित मूल्यमा कफी बिन्स खरिद गरी स्वदेशी तथा विदेशी बजारमा बिक्रीसमेत गर्दै आएको कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

नेपालमा सबैभन्दा धेरै डिजेल आयात

१० महिनामा झण्डै १७ खर्बको आयात, साढे दुई खर्बको निर्यात

मन्त्री लम्साल भन्छन्- मूल्यवृद्धिले निर्माण क्षेत्रलाई ठूलो संकटमा पार्‍यो

बैंक कर्मचारीलाई अतिरिक्त समयमा काममा खटाउँदा थप पारिश्रमिक दिनुपर्ने

एलपी ग्यास खरिदमा अर्बौ बाहिरिएपछि विद्युतीय चुह्लोमा अनुदान

छुटाउनुभयो कि ?