‘साल्ट ट्रेडिङले बिक्री गरिरहेकाे ग्याससहित उपभाेग्य वस्तुहरूमा मूल्यवृद्धि भएकाे छैन्’

सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा दैनिक उपभाेग्य वस्तुहरूकाे सञ्चिति पर्याप्त देखिएकाे छ ।

बजारमा ग्याससहित केही दैनिक अत्यावश्यक वस्तुहरूकाे अभाव देखाइ व्यापारीहरूले मूल्यवृद्धि गराइरहँदा साल्ट ट्रेडिङले भने सहुलियतमै सहज रूपमै त्यस्ता वस्तुहरू विक्रि वितरण गरिरहेकाे छ ।

सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेशनले बिक्री गर्ने वस्तुमा हालसम्म मूल्यवृद्धि नगरेको सहायक प्रमुख कार्यकारी अधिकृत ब्रजेशकुमार झाले बताए । उनका अनुसार साल्टसँग मौज्दात रहेका नुन, दाल र चामलमा मूल्य नबढाइएको बताए।

झालेका अनुसार हाल १ लाख २७ हजार ४६३ मेट्रिक टन नुन स्टकमा रहेको छ, जसले ६ महिनाभन्दा बढी समय धान्न सक्छ। काठमाडौं कार्यालयअन्तर्गत ६ हजार ४४३ क्विन्टल चिनी मौज्दात छ भने अन्य कार्यालयमा पनि स्टक उपलब्ध छ। ती वस्तु पुरानै मूल्यमा बिक्री भइरहेको उनले बताए।

उनका अनुसार साल्टले बजारबाट खरिद गरेर ल्याउने वस्तुमा मूल्य बढेर आए भविष्यमा भाउ समायोजन गर्नुपर्ने अवस्था आउन सक्छ। हाल खरिद प्रक्रियामा रहेका तेल र चामलमा मूल्य बढेर आउने सम्भावना रहेको उनले बताए।

एलपीजी ग्यासका विषयमा उनले हाल साल्टमार्फत आपूर्ति सहज रहेको दाबी गरे। उनका अनुसार कोटेश्वर डिपोमा करिब १८ सय सिलिण्डर स्टकमा छन् र वितरण भइरहेको छ। पाँचवटा ग्यास बुलेट (करिब ९० टन) नेपाल आउँदै छन् भने अन्य बुलेट भारत गइरहेका छन्।

सहायक प्रमुख कार्यकारी अधिकृत, व्रजेशकुमार झाले भने,–‘साल्ट ट्रेडिङसँग भएको दैनिक उपभोग्य वस्तु नुन, दाल, चमलहरुमा मूल्यवृद्धि हुँदैन । साल्टले नुन बेच्दै आएको छ, स्टक १ लाख २७ हजार ४६३ मेट्रिक टन छ । जुन ६ मशिना बढिलाई यो स्टकले थेग्छ । यसमा कुनैपनि मुल्यवृद्धि हुनेछैन । साल्ट टेड्रिङको काठमाडौं कार्यालय अन्तर्गत चिनी अहिले स्टकमा ६ हजार ४४३ क्विन्टल रहेको छ । अन्य कार्यालयमा पनि चिनीको स्टक छ । यो भएको स्टकमा मूल्यवृद्धि भएको छैन र पुरानै मूल्यमा विक्री गरिरहेका छौँ । बजारबाट साल्ट ट्रेडिङले खरिद गरेर जुन खाद्यवस्तुहरु विक्री गर्दै आएको छ, त्यसमा मूल्यवृद्धि देखिएको छ । जस्तै चामल, दालमा मूल्यवृद्धि देखिएको छ तर अहिले साल्ट ट्रेडिङसँग जुन स्टक छ त्यसमा कुनै मूल्यवृद्धि गरिएको छैन । सरकारले दिएको जिम्मेवारीअनुसार साल्ट ट्रेडिङले काम गरिरहेको छ । नुनदेखि दैनिक अत्यावश्यक वस्तुहरु सहज ढंगले विक्री वितरण साल्ट ट्रेडिङले गरिरहेको छ । खाद्यवस्तुहरु बजारमै खरिद गर्दा मुल्य बढेर आउछ भने त्यसमा साल्टले पनि मुल्य बढाएर बेच्नुपर्ने अवस्था आउन सक्छ । एलपीजी ग्यासको सन्दर्भमा दैनिक रुपमा साल्ट ट्रेडिङले ग्यास विक्री गरिरहेको छ । अहिले कुनै अभाव छ्रैन । दैनिक रुपमा ग्यास विक्रीको विवरण वाणिज्य विभागलाई समेत जानकारी दिने गरिएको छ । अहिले करिव १८ सय सिलिण्डर कोटेश्वरको डिपोमा स्टकमा छ र यो वितरण पनि भइरहेको छ । ग्यास बुलेटको हकमा ५ ओटा ग्यासका बुलेट अर्थात ९० टन ग्यास नेपाल आइरहेका छन् । अरु थ्रुपै बुलेटहरु ग्यास लिन भारत गइरहेका छन् । अहिले एसटीसी ग्यासको कुनै अभाव छैन । विक्री वितरण सहजै भइरहेको छ ।’

उता, बजारमा मूल्यवृद्धि र ग्यास अभावको गुनासो बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन तीव्र बनाएको जनाएको छ। विभागका निर्देशक नरहरी तिवारीका अनुसार तेल, चामल र ग्यासमा गुनासो आएपछि सघन अनुगमन गरिएको छ।

उनले भने, ‘खानेतेलमा मूल्यवृद्धिको धेरै गुनासो आयो। त्यसपछि सघन अनुगमन गरियो। चामलमा पनि अनुगमन गरेका छौं। बजारमा उपलब्धता छ। ग्यास अभावबारे गुनासो आएपछि दैनिक चारवटा टोली परिचालन गरेर अनुगमन गरिरहेका छौं।’

तिवारीका अनुसार जाडो मौसममा ग्यासको माग करिब १५ प्रतिशतसम्म बढ्ने भएकाले आपूर्तिमा केही दबाब परेको छ। कालोबजारी र आपूर्ति श्रृंखलामा असर पार्ने गतिविधिविरुद्ध कारबाही तीव्र बनाइएको उनले बताए। पछिल्ला दिनमा करिब ९० उद्योग तथा फर्ममा अनुगमन गरिएको विभागले जनाएको छ।

विभागले बजारको अवस्था निगरानीमा राख्दै उपभोक्तालाई सहज आपूर्ति सुनिश्चित गर्ने प्रयास जारी राखेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?