नेपालमा सबैभन्दा धेरै डिजेल आयात

समाचार सारांश
Auto Generated by AI
  • चालु आर्थिक वर्षको १० महिनामा नेपालले १६ खर्ब ९२ अर्बभन्दा बढीको वस्तु आयात गरेको छ।
  • डिजेल र कच्चा सोयाबिन तेलको आयात सबैभन्दा उच्च रहेको देखिएको छ।
  • पेट्रोलियम पदार्थ, खाद्यान्न, स्मार्टफोन र सुनको आयातले व्यापार घाटा बढाएको छ।

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा नेपालले सबैभन्दा धेरै डिजेल आयात गरेको देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८२ साउनदेखि २०८३ वैशाखसम्मको अवधिमा डिजेल आयातको मूल्य एक खर्ब ३० अर्ब ९३ करोड रुपैयाँभन्दा बढी पुगेको छ । यस अवधिमा नेपालले ११ लाख ४४ हजार किलोलिटरभन्दा बढी डिजेल आयात गरेको छ । डिजेलबाट मात्रै सरकारले ४७ अर्ब ९० करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको तथ्यांकमा उल्लेख छ ।

त्यसैगरी कच्चा सोयाबिन तेल आयात पनि उच्च रहेको देखिएको छ । नेपालले ६५ करोड ५५ लाख लिटरभन्दा बढी कच्चा सोयाबिन तेल आयात गर्दा यसको मूल्य एक खर्ब ६ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । यो वस्तुबाट मात्रै ४६ करोड ७८ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ ।

पेट्रोल आयात पनि उल्लेखनीय रूपमा बढेको छ । चालु आर्थिक वर्षको पहिलो १० महिनामा ६ लाख २१ हजार किलोलिटरभन्दा बढी पेट्रोल आयात भएको छ, जसको कुल मूल्य ५८ अर्ब ६३ करोड रुपैयाँभन्दा बढी रहेको छ । पेट्रोल आयातबाट ३४ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी राजस्व उठेको छ ।

यस अवधिमा एलपी ग्यास आयात ४४ करोड ३१ लाख किलोग्रामभन्दा बढी पुगेको छ । यसको कुल आयात मूल्य ४६ अर्ब १३ करोड रुपैयाँभन्दा बढी रहेको छ भने सरकारले आठ अर्ब ६० करोड रुपैयाँभन्दा बढी राजस्व प्राप्त गरेको छ ।

मोबाइल फोन आयात पनि उच्च रहेको तथ्यांकले देखाएको छ । १८ लाखभन्दा बढी स्मार्टफोन आयात हुँदा यसको कुल मूल्य ३९ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी पुगेको छ । स्मार्टफोन आयातबाट सात अर्ब ३४ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ ।

नेपालले सुन आयातमा पनि ठूलो रकम खर्च गरेको देखिएको छ । १३ लाख ५४ हजार ग्रामभन्दा बढी सुन आयात गर्दा २५ अर्ब ७८ करोड रुपैयाँभन्दा बढी बाहिरिएको छ । त्यस्तै, चाँदी आयात पाँच करोड ९५ लाख ग्रामभन्दा बढी पुगेको छ, जसको मूल्य १९ अर्ब ५६ करोड रुपैयाँभन्दा बढी रहेको छ ।

मल, औषधि तथा खाद्यान्न आयात पनि उच्च रहेको छ । डाइमोनियम फस्फेट (डीएपी) मल, फर्टिलाइजर ग्रेड मल, धान, मकै, स्याउ तथा चामल आयातमा अर्बौं रुपैयाँ खर्च भएको तथ्यांकमा उल्लेख गरिएको छ ।

सवारीसाधन तथा इलेक्ट्रोनिक्सतर्फ पनि आयात उल्लेखनीय देखिएको छ । ५० देखि १२५ सीसी क्षमताका मोटरसाइकल, ल्यापटप तथा विद्युतीय उपकरणको आयात उच्च रहेको छ । त्यस्तै, विद्युतीय पम्प, फलामजन्य सामग्री, कपडा उद्योगमा प्रयोग हुने कपडा तथा औद्योगिक कच्चा पदार्थको आयात पनि ठूलो परिमाणमा भएको छ ।

तथ्यांकअनुसार नेपालको आयात अझै पेट्रोलियम पदार्थ, खाद्यान्न, औद्योगिक कच्चा पदार्थ तथा उपभोग्य सामग्रीमै केन्द्रित रहेको देखिन्छ ।

चालु आर्थिक वर्ष ०८२/८३ को १० महिनाको अवधिमा आयात र निर्यातमा करिब १५/१५ प्रतिशत वृद्धि भएको थियो ।

सार्वजनिक तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपालले १६ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँभन्दा बढीको वस्तु आयात गरेको छ । त्यसैगरी निर्याततर्फ दुई खर्ब ४८ अर्ब ९६ करोड रुपैयाँभन्दा बढी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

१० महिनामा झण्डै १७ खर्बको आयात, साढे दुई खर्बको निर्यात

मन्त्री लम्साल भन्छन्- मूल्यवृद्धिले निर्माण क्षेत्रलाई ठूलो संकटमा पार्‍यो

बैंक कर्मचारीलाई अतिरिक्त समयमा काममा खटाउँदा थप पारिश्रमिक दिनुपर्ने

एलपी ग्यास खरिदमा अर्बौ बाहिरिएपछि विद्युतीय चुह्लोमा अनुदान

भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएसँगै उद्योगी चिन्तित

छुटाउनुभयो कि ?