भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएसँगै उद्योगी चिन्तित

समाचार सारांश
Auto Generated by AI
  • भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाली उद्योगीहरू चिन्तित बनेका छन्।
  • नेपालको आन्तरिक उत्पादनले माग धान्न नसक्ने भएकाले केही महिनापछि चिनीको चरम अभाव हुने देखिन्छ।
  • बिस्कुट, जुस र चकलेट जस्ता चिनीमा आधारित उद्योगहरू संकटमा पर्ने सम्भावना बढेको छ।

भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएसँगै उद्योगी चिन्तित बनेका छन् ।

अहिले कच्चा पदार्थ अभावमा प्लास्टिक उद्योगले ७० प्रतिशतसम्म उत्पादन कटौती गरेका छन् । जसले हजारौँ मजदुरको रोजगारी गुमेको छ । यही अवस्थामा भारत सरकारले आगामी सेप्टेम्बर ३० सम्मका लागि चिनी निर्यातमा प्रतिबन्ध लगाएको छ ।

चिनीको आन्तरिक उत्पादनले मात्र बजार र उद्योगको माग धान्न सक्ने अवस् नभएको भन्दै बेलैमा विकल्प खोज्न उद्योगीहरूले सरकारलाई सुझाव दिएका छन् । अहिलेलाई मौज्दात रहे पनि प्रतिबन्ध कायमै रहे संकट निम्तिने उनीहरूको भनाइ छ । भारतले कम उत्पादन भएको कारण देखाउँदै चिनी निकासीमा रोक लगाएको छ ।

नेपाल चिनी उत्पादक संघले मौज्दात पर्याप्त रहेको र मूल्य नबढाइएको जनाएको छ । चालू क्रसिङ सिजनसम्म १३ वटा चिनी उद्योग सञ्चालनमा रहेको संघको भनाइ छ । ती उद्योगहरूले १ लाख ९० हजार ८७० मेट्रिक टन चिनी उत्पादन गरेका छन् । उत्पादनमध्ये करिब १ लाख ८ हजार मेट्रिक चिनी उद्योगमै मौज्दात रहेको र बजारमा २० हजार मेट्रिक टन चिनी मौज्दात रहेको संघको अनुमान छ ।

संघले संकट नआउने भने पनि भारतबाट अवैध च्यानलबाट चिनी आउने भएकाले त्यो रोकिए नेपाली उत्पादनले लामो समय धान्न नसक्ने उद्योगीहरू बताउँछन् । दैनिक उपभोगका लागि नेपाली उपभोक्ता चिनी किन्न भारतीय सीमावर्ती बजारमा पुग्ने गरेका छन् ।

सरकारले एक सय रूपैयाँभन्दा बढीको सामानमा भन्सार लिने निर्णयपछि दैनिक उपभोगका लागि अवैध च्यानलबाट चिनी रोकिएको र भन्सारको कडाइले माग र आपूर्तिको सन्तुलन बिग्रिने उनीहरूको भनाइ छ । भारतीय सीमावर्ती बजारमा अहिले चिनीको खुद्रा मूल्य प्रति किलो ६५ देखि ७० रूपैयाँ छ । सीमाको नेपाली बजारमा ९०-१०० सम्म छन् ।

उद्योगी सगुन बोहराका अनुसार भारतमा बेमौसमी वर्षा र मौसमको प्रतिकूलताका कारण उखु उत्पादनमा गिरावट आएको छ । उनले भने, ‘अहिले नै चिनी अभावमा उद्योगहरू बन्द नभए पनि केही समय पछि असर पर्छ । बिस्कुट, जुस र चकलेट उद्योगहरूमा संकट आउँछ ।’

चालू आर्थिक वर्षको हालसम्म नेपालमा करिब ७० हजार मेट्रिक टन चिनी आयात भएको छ । भारतले निर्यात रोके यसको असर ५ महिनापछि देखिने चकलेट तथा बिस्कुट उद्योगी महेश जाजु बताउँछन् । उनले दशैँ र तिहारजस्ता चाडबाडको समय आउने बेलासम्ममा चिनीको अभाव हुनसक्ने बताए ।

उद्योग परिसंघ कोशीका अध्यक्ष पवन सारडाले नेपाली उत्पादनले केही महिना धाने पनि त्यसपछि के हुने हो ? भन्न सक्ने अवस्था नरहेको बताए ।

‘नेपालमा जति चिनी आवश्यक पर्छ, त्यति चिनी यहाँ उत्पादन हुँदैन । भारतले निर्यातमा रोक लगाउँदा यसको असर त पर्छ’, उनले भने ।

भारतमा २०२५-२६ को सिजनमा २ करोड ७५ लाख चिनी उत्पादन भएको छ । त्यहाँ वार्षिक २ करोड ८० लाख टन चिनी आवश्यक पर्दछ । मागभन्दा उत्पादन कम हुने र चिनीको मौज्दात पनि कम भएको भन्दै भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाएको हो ।

तत्कालका लागि स्टकले धाने पनि नेपालको कुल माग र उत्पादनबीच खाडल रहेकाले ५ महिनापछि उद्योगहरू संकट फस्ने उद्योगी महेश जाजुले बताए । उनले भने, ‘चिनीलाई मुख्य कच्चा पदार्थको रूपमा प्रयोग गर्ने जुस, बिस्कुट, कन्फेक्सनरी र चकलेट उद्योगहरू सबैभन्दा बढी मारमा पर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

जीडब्ल्यूएमका विद्युतीय सवारीसाधन (ईभी) प्रति ग्राहकको आकर्षण

‘लस एन्ड ड्यामेज कोष’ ले नेपाललाई जवाफ दिँदै भन्यो– ‘जतिसक्दो चाँडो सहयोग गछौँ’

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

बाढीपछिको पुनर्निर्माण गर्न ७ खर्ब २३ अर्ब बढी लाग्ने आकलन

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

छुटाउनुभयो कि ?