नागरिक लगानी कोष सञ्चालक समिति अध्यक्षमा घिमिरे

नागरिक लगानी कोष सञ्चालक समिति अध्यक्षमा तुलसीप्रसाद घिमिरे नियुक्त भएका छन् ।

उनलाई १ भदौको उपप्रधानमन्त्री एवं अर्थमन्त्रीस्तरको निर्णय अनुसार अध्यक्ष नियुक्त गरिएको हो ।

त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमफिल, अर्थशास्त्रमा एमए र एमपीए गरेका घिमिरे नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश भएका थिए ।

उनले केन्द्रीय बैंकमा सेवा गर्दा सूचनाप्रविधि, मानव संसाधन, विदेशी विनिमय, बैंकिङ एवं अनुसन्धान लगायत विभागमा काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

एक वर्षमा १२ लाख ९ हजार विदेशी पर्यटक नेपालमा आए

छुटाउनुभयो कि ?