कुलमानलाई सरकारले बर्खास्त गर्ने पक्का, साेधियाे तीन दिने स्पष्टीकरण

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले तीन दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई तपाईंलाई पदबाट किन नहटाउने भन्दै चार विषय राखेर स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। यसअघि उनलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तीन पटक स्पष्टीकरण सोधेको थियो।

मन्त्रालयले घिसिङलई गएको पुस २२ गते पहिलो र पुस २८ गते दोस्रोपटक स्पष्टीकरण सोधेको थियो। कार्यकारी निर्देशक घिसिङले बुझाएको स्पष्टीकरणमा चित्त नबुझेको भन्दै गत साता तेस्रोपटक २४ घण्टे स्पष्टीकरण सोधेको थियो।

मन्त्रिपरिषद्ले सोधेको स्पष्टीकरणमा डेडिकेटेड र ट्रंकलाइनको विषयमा सरकारलाई किन असहयोग गरेको भन्ने विषयसमेत राखिएको छ।

कार्यसम्पादनको विवरण ढिला बुझाएको, भारतसँग महँगोमा बिजुली खरिदको सम्झौता गरी सरकारसँग सहमति नलिइएको विषयसमेत स्पष्टीकरणमा सोध्ने निर्णय मन्त्रिपरिषदले गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?