एनआईसी एसिया बैंकको नाफामा भारी गिरावट, निष्क्रिय कर्जा पनि बढ्यो

एनआईसी एसिया बैंकको नाफामा भारी गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा समीक्षा अवधिमा ८९ प्रतिशत घटेको हो ।

बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब १ करोड रुपैयाँ नाफा कमाएकोमा यो वर्षको सोही अवधिमा ११ करोड ५ लाख रुपैयाँ मात्रै कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी जम्मा २ रुपैयाँ ९१ पैसा छ।

बैंकको नाफामा भारी गिरावट आउनुमा खुद ब्याज आम्दानीसँगै फी तथा अन्य कमिसन आम्दानी घट्नु र इम्पेरिमेन्ट चार्ज बढ्नु हो । खुद ब्याज आम्दानी गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब ७४ करोड रुपैयाँ रहेकोमा अहिले समीक्षा अवधिमा २ अर्ब ५५ करोड रुपैयाँ छ ।

त्यस्तै फी तथा अन्य कमिसन आम्दानीमा पनि उच्च गिरावट देखिएको छ । यस्तो आम्दानी पहिले ७३ करोड रहेकोमा अहिले ३४ करोडमा झरेको छ । धेरै बैंकको इम्पेरिमेन्ट चार्ज घट्दा यसको बढेको छ । पहिले लोन लस प्रोभिजन अर्थात् इम्पेरिमेन्ट चार्ज वापत ६४ करोड छुट्याएकोमा यो पटक बढेर १ अर्ब १६ करोड पुगेको छ ।

बैंकको निष्क्रिय कर्जामा भारी वृद्धि भएको छ । गत वर्षको असोज मसान्तसम्म यस्तो कर्जा कुल कर्जामा १.३७ प्रतिशत रहेकोमा यो वर्षको असोज मसान्तसम्म ४.२४ प्रतिशत छ । यसले बैंकले ऋणीबाट समयमै उठाउन नसकेको साँवा तथा ब्याज रकम उच्च दरले बढेको जनाउँछ ।

सीडी रेसियो ७९ प्रतिशत छ । आधार दर एक वर्षको अवधिमा १०.५६ बाट ८.३७ प्रतिशतमा झरेको छ । बैंकको वितरणयोग्य नाफा २ अर्ब २१ करोड ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ २०३ रुपैयाँ ७९ पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

संघीय प्रशासनमा उथलपुथल : सचिव सहितका २ हजार ५७७ दरबन्दी घटाइयाे

‘यात्री पी-२’ ले स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास जगाएकाे छ : अर्थमन्त्री वाग्ले

माकाजु र खनाललाई हेमबहादुर मल्ल सम्मान, सार्वजनिक प्रशासनमा नैतिकता र इमान्दारी आवश्यक : राष्ट्रपति पौडेल

प्रभु बैंकमा करोडौँ कर्जा दुरुपयोग : सीईओ शेरचनसहित ७ जनाकाे मिलेमत्तो !

६ बैंकहरूले लाभांश वितरण गर्न राष्ट्र बैंकमा दिए आवेदन

छुटाउनुभयो कि ?