राजस्व संकलन निराशाजनक, लक्ष्य भेटाउन मुस्किल पर्ने

चालु आर्थिक वर्ष २०८१/८२ मा राजस्व संकलन निराशाजनक देखिएको छ । सोहीकारण लक्ष्य भेट्याउन यस वर्ष पनि मुस्किल हुने देखिएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार असोज मसान्तसम्म २ खर्ब ४८ अर्ब २६ करोड रुपैयाँ मात्र राजस्व उठेको छ । यो लक्ष्यको १७.४९ प्रतिशत हो । यस वर्ष सरकारले १४ खर्ब १९ अर्ब रुपैयाँ बराबर राजस्व संकलनको लक्ष्य राखेको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा संकलनमा केही सुधार भए पनि लक्ष्यभन्दा भने पछाडि रहेको छ । गत वर्ष असोजसम्म २ खर्ब १९ अर्ब रुपैयाँ राजस्व उठेको थियो ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार कर राजस्व २ खर्ब १९ अर्ब र गैरकर राजस्व २८ अर्ब ५७ लाख रुपैयाँ उठेको छ । यसबीचमा अनुदानबाट सरकारले कुनै आम्दानी गर्न सकेको छैन । अन्य आम्दानी ४ अर्ब ७५ लाख रुपैयाँ हुँदा सरकारले असोज मसान्तसम्म २ खर्ब ५३ अर्ब रुपैयाँ मात्र आम्दानी गर्न सकेको छ ।

यसबीचमा सरकारको खर्च भने ३ खर्ब २९ अर्ब रुपैयाँ नाघेको छ । सोहीकारण सरकारको आम्दानीको तुलनामा खर्च ७६ अर्ब रुपैयाँले माथि छ । यसबीचमा चाडबाडका लागि सरकारले बोनससहितको सेवा सुविधा प्रदान गर्छ र यसले चालु खर्च ह्वात्तै बढाएको हो ।

कार्यालयका अनुसार असोज मसान्तसम्म ३ खर्ब २९ अर्ब रुपैयाँ बजेट खर्च भएको छ । यो वार्षिक लक्ष्यको १७.७ प्रतिशत प्रगति हो । यस वर्ष सरकारले १८ खर्ब ६० अर्ब रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ ।

यसबीचमा चालु खर्च २ खर्ब २९ अर्ब भएको छ । यो लक्ष्यको २०.१५ प्रतिशत हो । यस वर्ष ११ खर्ब ४० अर्ब रुपैयाँ चालु खर्च हुने अनुमान रहेको छ ।

पूँजीगत खर्च भने २९ अर्ब ३७ करोड रुपैयाँ बराबर भएको छ । यो लक्ष्यको ८.३४ प्रतिशत हो । कार्यालयका अनुसार यस वर्ष ३ खर्ब ५२ अर्ब रुपैयाँ पूँजीगत खर्च गर्ने लक्ष्य रहेको छ ।

वित्तीय व्यवस्थामा भने सरकारकाले तीन महिनामै ६९ अर्ब ९७ करोड खर्च गरिसकेको छ । यसको ठूलो हिस्सा आन्तरिक ऋणको साँवा तिर्न खर्च हुने गरेको छ । वित्तीय व्यवस्थाको प्रगति लक्ष्यको १९.०५ प्रतिशत हो ।

यस वर्ष सरकारले ३ खर्ब ६७ अर्ब रुपैयाँ बराबर वित्तीय व्यवस्थामा खर्च गर्ने लक्ष्य सरकारको छ । आम्दानीभन्दा खर्च माथि जान थालेसँगै सरकारले पहिलो महिनाबाटै ऋण काढेर खर्च व्यवस्थापन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

एक वर्षमा १२ लाख ९ हजार विदेशी पर्यटक नेपालमा आए

छुटाउनुभयो कि ?